Investigative, Accurate, News Portal
अध्ययनका लागि अष्ट्रेलिया गएका एक नेपाली विद्यार्थी आक्रमणबाट सख्त घाइते भएका छन । गत आइतवार विहानै काममा जाँदै गर्दा विपिन श्रेष्ठमाथि आक्रमण भएको हो । उनले अध्ययन गरेको कलेज र नेपालको ठेगाना खुलेको छैन् । उनी अहिले अस्पतालको कोमामा छन् । अष्ट्रेलियाको पत्रिका द डेलि टेलिग्राफका अनुसार आइतवार विहानै काममा जादै गर्दा ३० बर्षिय श्रेष्ठमाथि पछाडीबाट दुई जनाले आक्रमण गरेका थिए । उनी ओकास एभस्थित डे हृवाई फ्रेस मार्केटमा काम गर्थे । पछाडीबाट भएको आक्रमणको कारण उनको टाउको र अनुहारमा ठुलो चोट लागेको छ । प्रहरीलाई उदृत गर्दै टेलिग्राफले लेखेको छ, ुउनलाई भुइमा लडाएर पिटिएको थियो । टाउको र शरिरमा जथाभावी हिर्काइएको थियो । आक्रमणपछि भुईमा लडेको उनको गाला र आखी भौँका हडि्ड भचिएको छ । अस्पताल ल्याउनुअघि उनको दिमागबाट रगत बगेको थियो ।ु घटनापछि उनलाई स्थानीय रोयर नर्थ सोरी अस्पतालमा पुर्याइएको थियो । अस्पतालका प्रवक्ताले उनको अवस्थाबारे ुखतरा तर स्थिरु बताएका छन् । प्रहरीले उनको अवस्था चिन्ताजनक रहेको जनाएको छ । श्रेष्ठ अष्ट्रेलिया गएको १५ महिना भएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उनी व्यवस्थापनका विद्यार्थी हुन । उनी मासु पसलमा सरसफाइको काम गर्थे । प्रत्येक बर्ष कलेजमा २० हजार अमेरिकी डलर पढाई शुल्क तिर्नुपर्ने उनी तिनरचार ठाउँमा काम गर्थे । उनीमाथि अकल्याण्डबाट विदा मनाउन तीन साताअघि अष्ट्रेलिया आएको १७ बर्षे र अर्को १९ बर्षे मेलेन्गा कानोन्गाटाले आक्रमण गरेको प्रहरीको अनुमान छ । भारतीय विद्यार्थीमाथि अष्ट्रेलियामा लगातार आक्रमण भएको सामाचार आइरहेको बेला नेपाली विद्यार्थीमाथि पहिलो पटक सांघातिक आक्रमण भएको हो । सन् २००९ मा अष्ट्रेलियामा ५४ जना विद्यार्थीमाथि आक्रमण भएको थियो । त्यसमा आधा भारतीय विद्यार्थी थिए । यसरी आक्रमण भएकामध्ये धेरैको मृत्यु भएको छ । भारतपछि कोरयिा र चीनका विद्यार्थी बढी आक्रमणमा परेका छन् ।