top menu Home Sitemap Our Team

प्रमुख समाचार

माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु

पोखराखबर डट कम समाचारदाता
गोरखा, २४ माघ ।

गोरखाको दलभञ्ज्याङमा माईक्रोबसको ठक्करबाट आइतबार विहान एक पैदलयात्रुको मृत्यु भएको छ । सदरमुकामबाट विद्यार्थी लिएर लक्ष्मी बजारतर्फ गइरहेको ग १ ख ३२३२ नम्बरको माइक्रोबसको ठक्करबाट गोरखा- ६ चाइनिजधारा घर भएका टेकबहादुर सारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनाको विरोधमा मृतकका आफन्त र स्थानीयले आबुखैरेनी-गोरखा सडकखण्ड अवरुद्ध पारेका छन् । माइक्रोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 



अन्य समाचारहरु