top menu Home Sitemap Our Team

पर्यटन

नेपाल आउने चिनियाँ पर्यटक बढे

पोखराखबर डट कम समाचारदाता
काठमाण्डौ १५ मंसिर ।

पछिल्ला महिनाहरुमा नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा उलेख्य बृद्धि भएको छ । अध्यागमन बिभागका अनुसार अक्टुबर महिनामात्र २ हजार ८ सय ७० चिनियाँ पर्यटक नेपाल आएका छन् । यो सख्या सेप्टेम्बरमा २ हजार ५ सय १८ र अगष्ट महिनामा एक हजार ३१ मात्र थियो । सन् २००८ को अगष्टमा जम्मा ५ सय ५० चिनियाँ पर्यटक नेपाल आएका थिए । अगष्ट महिनामा अघिल्लो बर्षको तुलनामा ८७ प्रतिशतले बृद्धि देखिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । शान्ति प्रकृया सुरु भएपछि नेपाल आउने चिनियाँ उच्च अधिकारीहरुको बृद्धिसंगै आम चिनियाँ नागरिकको समेत नेपालप्रतिको रुची बढेको देखिएको छ ।

नेपालमा चिनियाँ पर्यटकको संख्या बढनुले उनीहरु नेपाललाई मन पराउँछन भन्ने देखाउँछ- नेपाल पर्यटन बोर्डका प्रवक्ता डा. आदित्य बरालले भने । सन् २०११ लाई नेपाल भ्रमण बर्ष घोषणा गरेको सन्र्दभमा चिनियाँ पर्यटकको बढ्दो सख्याले आशा पलाएको पर्यटन बोर्डका अधिकारीहरु बताउँछन् ।

प्रवक्ता बरालका अनुसार चीनका बिभिन्न शहरहरुमा काठमाण्डौबाट सिधा उडान हुनु, नेपाल गौतम बुद्धको जन्मस्थल हुनु तथा सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण हुनु चिनियाँ पर्यटक बढनुका कारण हुन् ।

गत सेप्टेम्बरमा मात्र नेपाल सरकारले चाइना इष्टर एअरलाइन्सलाई काठमाण्डौ-कुन्मिङ उडान अनुमति दिएको दिएको छ भने चाइना साउदर्न, एअर चाइना र ड्रागन एअरले पनि चीनका मुख्य शहरबाट काठमाण्डौमा उडान गरिरहेका छन् ।

नेपाललाई ल्हासा भ्रमणका लागि ट्रान्जिटका रुपमा बिकाश गर्न लागिएको बताउँदै प्रवक्ता बरालले काठमाण्डौदेखि ल्हासासम्मको सडकमार्गलाई सुधार गर्न सकिए पर्यटकको संख्या बढ्ने बताउँछन् ।



अन्य समाचारहरु