top menu Home Sitemap Our Team

पर्यटन

थाइ एअरवेजले साताको दश उडान गर्ने

पोखराखबर डट कम समाचारदाता
काठमाण्डौ १८ मंसिर ।

थाइल्यान्डको थाइ एयरवेजले अब आफ्नो उडान सङ्ख्यामा वृद्वि गरेको छ । हाल साताको नौ उडान बैङ्कक- काठमाडौँ- बैङ्कक गर्दै आएको सो एयरवेजले साताको दश उडान गर्ने भएको हो । बिहीबार थाइ एयरवेजले काठमाडौँ उडान सञ्चालन गरेको ४१ वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा ३०९ सिट रहेको बोइङ ७७७ बाट त्यस्तो सेवा दिने जानकारी गराएको हो ।
सन् १९६० मा स्थापना भएको थाइ एयरवेजले नेपालमा सन् १९६८ बाट आफ्नो सेवा सुरु गरेको थियो ।



अन्य समाचारहरु