top menu Home Sitemap Our Team

पर्यटन

कास्कीका ७ गाविस पदमार्ग गन्तव्य

पोखराखबर डट कम समाचारदाता
पोखरा, ३० मंसिर ।

पर्यटकको गन्तव्यस्थल बनाउन यहाँका सात गाविसलाई पदयात्रा मार्गको रूपमा विकास भएको छ । जिल्लाको सार्दिखोला, माछापुच्छ्रे, ल्वाङघलेल, रिभान, घाचोक, लाचोक र धिताल गाविसलाई पदयात्रामार्गमा समेटिएको छ । कास्कीको हेम्जा तथा सार्दिखोलाको खारपानीबाट सुरु हुने पदयात्रा ३ देखि १४ दिनसम्मको छ । गत भदौदेखि अहिलेसम्म करिब ९ सय पयर्टकले यो मार्गमा यात्रा गरिसकेका छन् ।

यो पदयात्रा मार्गको कोर्चुङबाट सूर्योदयको दृश्य निकै लोभलाग्दो देखिनुका साथै माछापुच्छ्रे र मर्दी हिमाल स्पष्ट देखिन्छ । त्यस्तै अन्नपूर्ण रेन्ज र लमजुङ हिमालबाट यो पदयात्राबाटै आकर्षक देखिन्छ । डाँफे, मुनाल, घोरल, थार, मृग, कालिजलगायत वन्यजन्तु र लोपोन्मुख वनस्पति पाइने स्थानीयवासीले बताए ।

पूर्वाधार निर्माणपछि पर्यटन विकासमा मद्दत मिल्ने टान पोखराका अध्यक्ष वसन्तराज दुवाडीले बताए । ुहोम स्टे र क्याम्पिङ यो पदयात्रा मार्गको प्रमुख आकर्षण रहेको छु दुवाडीले भने ुनयाँ गन्तव्यका रूपमा खोजी गरिएको यो मार्गबाट स्थानीय बासिन्दाले प्रत्यक्ष रूपमा लाभ लिन सक्नेछन् ।ु उनले यो मार्गमा वाषिर्क करिब ३ हजार पर्यटक आउने अपेक्षा राखेको बताए ।

अन्नपूर्ण पदयात्रा मार्गको विकल्पका रूपमा माछापुच्छे्र मोडेल टे्रकको जिम्मेवारी टे्रकिङ एजेन्टस एसोसिएसन पोखरा च्याप्टर टान ले स्थानीय माछापुच्छ्रे पर्यटन विकास समितिलाई सुम्पेको छ ।

झन्डै २६ लाख रुपैयाँमा पूर्वाधार निर्माण गरेपछि उक्त पदयात्रालाई बिहीबार पर्यटन राज्यमन्त्री शत्रुघ्नप्रसाद सिंहले समितिका अध्यक्ष भक्तबहादुर गुरुङलाई हस्तान्तरण गरेका थिए । एनसिसिआर नामक स्विस संस्थाको आर्थिक सहयोगमा पोर्टर सेल्टर टे्रकिङ टेल खानेपानी तथा क्यापिङस्थल निर्माण गरी ग्रामीण पर्यटकीय पूर्वाधार तयार पारिएको हो ।

२००७ मा टानले अध्ययन थालेर मनाङ र मुस्ताङमा मोटरबाटो पुगेपछि त्यसको विकल्पका रूपमा यो नयाँ पदयात्रा मार्गको खोजी गरेको थियो ।

यो पदयात्रा मार्गको तल्ला भेग मिर्सा दिप्राङ ल्वाङघलेल तार्कु टुसेलगायत स्थानमा ुहोम स्टेु को व्यवस्था छ भने माथिल्लो भेग हिलेखर्क खुमई तिलिचो खर्क मेश्रुम खर्क ललकालगायत स्थानलाई क्याम्पिङ टे्रका रूपमा विकास गरिएको स्थानीय माछापुच्छ्रे पर्यटन विकास समितिका अध्यक्ष भक्तबहादुर गुरुङले बताए । ुअन्नपूर्ण पदयात्रा मार्ग मोटर बाटोले ध्वस्त नै भइसक्योु गुरुङले भने ुयो नयाँ पदयात्रा मार्गले ग्रामीण पर्यटन प्रर्वद्धनमा टेवा पुग्नेछ ।ु

ट्रान मोडेल टे्रक समुदायलाई हस्तान्तरणपछि गाउँलेहरू पर्यटन प्रवर्द्धन गर्ने कार्यमा अगाडि बढ्न हौसिएका छन् । घाचोकका स्थानीय बासिन्दा निरप्रसाद गुरुङले यो पदयात्राको खोजीपछि गाउँलेलाई उत्साही बनाएको बताए । उनले भने ुअब हामी गाउँमा बढी भन्दा बढी पर्यटक भित्राउन लागिपर्नेछौं ।ु
 



अन्य समाचारहरु