top menu Home Sitemap Our Team

पर्यटन

होटेल संघका उपसमितिहरु सकृय हुन थाले

पोखराखबर डट कम समाचारदाता
पोखरा, १३ फागुन ।

पश्चिमाञ्चल होटल संघ पोखराले हालै घोषणा गरेको न्यूनतम शुल्कको व्यवस्थालाई कडाईका साथ लागू गर्न गठित विभिन्न उपसमितिहरुले आफ्नो सक्रीयता अगाडि बढाएका छन् । पर्यटकीय बैदामका विभिन्न ठाउामा न्यूनतम शुल्क पााच सय रुपैयाा कार्यान्वयनका लागि विभिन्न २० उपसमिति गठन गरी तिनको संयोजक समेत तोकिएकोमा उपसमितिहरु विस्तार अभियानले तीव्रता पाउन थालेको संघका महासचिव विष्णुहरि अधिकारीले जानकारी दिनुभयो ।

लालुपाते मार्ग उपसमितिको विस्तार पछि पछिल्लो क्रममा अधिकारी नै संयोजक रहेको दरवारमार्ग पर्यटन विकास उपसमिति, रमेश श्रेष्ठ संयोजक रहेको हल्लनचोकदेखि मिरा होटेलसम्म हेर्न गठित उपसमिति र बासु पहारी संयोजक रहेको गौरीघाट क्षेत्र हेर्नका लागि गठित उपसमितिहरुले हालै आफ्नो भेला आयोजना गरी उपसमितिलाई विस्तार गरेका छन् ।

दरमार्गको उपसमितिमा इञ्जिनियर विष्णु पौडेल, भगवान गिरी, रामचन्द्र तिमिल्सिना, तुल्सीमोहन गिरी, बुद्धिवहादुर नेपाली र राम गिरीलाई ल्याइएको संयोजक अधिकारीले जानकारी दिनुभयो । दरवारमार्ग उपसमितिले त विजुली र सरसफाई कोष खडा गरी २२ हजार रुपैयाा समेत संकलन गरिसकेको छ । सडकको विजुली लाइनमा वल्व फेर्न र अन्य मर्मत संभार तथा सरसफाईका लागि कोष खडा गरिएको र वर्षैपिच्छे त्यसमा रकम थप्दै गइने अधिकारीले जानकारी दिनुभयो । यसैगरी हल्लनचोकदेखि मिरा होटेलसम्म र गौरीघाट क्षेत्रमा समेत उपसमिति विस्तार गरिएको जनाइएको छ ।

ती उपसमितिका बैठकहरुमा संघले निर्धारण गरेको कोठाको न्यूनतम दर पााच सय रुपैयाालाई कडाईका साथ लागू गर्ने जनाएको छ । संघले यसअघि आफ्ना मातहतका सदस्य होटल तथा लजहरुको कोठाको न्यूनतम मूल्य पााच सय रुपैयाा निर्धारण गरेकोमा त्यसलाई आगामी मार्च एक तारिखबाट लागू गर्ने पनि यसअघि नै सार्वजनिक भइसकेको छ ।

यही फागुन २ गते संघका कार्यावाहक अध्यक्ष एवं दर रेट निर्धारण तथा अनुगमन समितिका संयोजक हरि शर्माको अध्यक्षतामा बसेको संघको बैठकले होटेलका कोठाको न्यूनतम दर निर्धारण गरेको थियो । यसअघि कतिपय होटलहरुले दुई सय रुपैयाामा समेत कोठा उपलब्ध गराउादा विभिन्न समस्या परेको र गलत सन्देश गएको भन्दै संघले प्रतिरातको कोठाको मूल्य पााच सय रुपैयाा तोकेको शर्माले बताउनुभयो ।

दररेट उल्लंघन भएमा कार्वाही भोग्न तयार भएको प्रतिवद्धता गरिएको, होटेलका कोठाको गुणस्तर अनुगमन गर्ने र सुझाव संकलन गर्ने कार्य अगाडि बढाउने तथा दर्ता नभएका होटेललाई दर्ता गर्न आग्रह गर्ने निर्णय पनि उपसमितिहरुका बैठकमा गरिएको छ ।



अन्य समाचारहरु