Investigative, Accurate, News Portal
स्थानिय कला ूस्याङ्जा महोत्सवको आधार कृषि पर्यटन नै आर्थिक विकासको पूर्वाधारू भन्ने मुलनाराका साथ आयोजना गरिएको दोस्रो स्याङ्जा महोत्सव बिहिवारबाट शुरु हुदैछ । स्याङजा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव बिहिबार देखि १८ गतेसम्म सदरमुकाम पुतलीबजार नगरपालिका-१ प्रगतिनगरमा १० दिन चल्ने छ ।
महोत्सवको दिन नजिकिदै जादा प्रचार प्रसारलाई समेत तिब्र पारिएकॊ छ । स्याङजा वालिङ् गल्याङ् सहितका जिल्लाका प्रमुख बजार क्षेत्रलाई ध्वजापतका सहित झिलीमिली बनाउन थालिएको छ । स्याङ्जा महोत्सवमा २ करोड बढीको आर्थिक कारोबार र १ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य आयोजक संघले लिएको छ ।
नेपाल पर्यटन बोर्ड काठमाडौंको प्रवद्र्धनमा गरिन लागेको महोत्सवको सहयोगीमा जिल्ला विकास समिति पुतलीबजार नगरपालिका रहेको स्याङ्जा उद्योग वाणिज्य संघद्धारा आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईतबार जानकारी दिएइको हो ।
महोत्सवमा स्थानिय लोकसंस्कृति कृषिजन्य बस्तुको बजार अनुसन्धान हस्तकला व्यवसायको प्रवद्र्धन स्वदेशी तथा विदेशी पर्यटकलाई स्याङ्जा भित्र्याउने बताइएको छ । महोत्सवको लक्ष्य स्याङ्जा जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग व्यापार शिक्षा स्वास्थ्य कृषि पर्यटन र विविध क्षेत्रको प्रवद्र्धनमा टेवा पुर् याउनुका साथै स्याङ्जा जिल्लाको पहिचानलाई राष्ट्रिय स्तरसम्म पुर् याउनु रहेको संघका अध्यक्ष दिपक लम्सालले बताउनुभएको छ ।
महोत्सव स्थलमा १ सय ५० स्टल निर्माण गरिने भएको छ । स्टल व्यवस्थापन उपसमितिका संयोजक लालप्रसाद श्रेष्ठले महोत्सवलाई सफल एवं प्रभावकारी बनाउन संघले सबैसंग सहयोगको लागि आग्रह समेत गर्नुभयो ।
महोत्सवमा बाल उद्यान पर्यटन कृषि तथा व्यापार मेला सांस्कृतिक कार्यक्रम स्थानिय भेषभुषाको प्रदर्शनी अन्तर माध्यामिक विद्यालयस्तरीय नृत्य प्रतियोगिता दोहोरीगीत प्रतियोगिता मुख्य आकर्षण रहेका छन् । यसैगरी कृषि मेला अन्तर्गत सुन्तला कफी ताजा तरकारी अदुवा तथा जडिबुटीको प्रदर्शनी गरिने भएको छ ।
स्याङ्जा महोत्सवको अवधिमा जिल्लामै पहिलोपटक स्याङ्जा लोकतारा प्रतियोगिता संचालन गरिने जानकारी दिइएको थियो । कलाकार व्यवस्थापन उपसमितिका संयोजक हिक्मत श्रेष्ठका अनुसार जिल्लाका २ नगरपालिकाका प्रत्येक वडा र ६० गाउं विकास समितिबाट छनौटको आधारमा १० स्थानिय कलाकारको छनौट गरिएको छ ।
स्याङ्जा लोकतारामा उत्कृष्ट तीनजना प्रथम द्धितिय र तृतीय हुनेलाई नगद २० हजार १५ हजार र १० हजार पुरस्कारको व्यवस्था गरिएको छ । महोत्सवमा चर्चित राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती जिरेखुसा्रनीका कलाकारहरुको प्रस्तुती प्रवेश टिकटमा पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको पहल तथा नेपाल सरकार र उद्योग वाणिज्य महासंघको सहयोगमा एक गाउं एक उतपादन राष्ट्रिय कार्यक्रम अन्तर्गत स्याङ्जा जिल्ला छनौट भएको र छनौट भएको कफी खेतीको उत्थान र विकासमा महोत्सवले टेवा पुर्याउने विश्वास लिइएको छ ।