top menu Home Sitemap Our Team

आर्थिक समाचार

शनिबार पसल खोल्न पोखराका व्यवसायीहरुलाई आव्हान

दिननाथ बराल
पोखरा ८ पुस ।

शनिबार पसल बन्द गर्ने पोखरा उद्योग वाणिज्य संघको निर्णय फिर्ता गर्न नेपाल सार्वजनिक सेवा कर्मचारी संघले अपिल गरेको छ । संघका अध्यक्ष विष्णुशंकर ख्वाउँजूले आज विज्ञप्ति जारी पटकपटक हुने गरेका बन्द-हड्तालले ब्यापार ब्यवसाय प्रभावित बन्दै गएको अवस्थामा शनिबार बन्द गर्ने निर्णयबाट कर्मचारी स्वयं पनि झनै मारमा पर्ने हुँदा यो यथार्थतालाई बुझेर पुनःः शनिबार पसल खोलेर सहयोग गर्न आग्रह गर्नुभएको हो ।
यसअघि पोखरा उद्योग वाणिज्य संघले पोखराभित्रका पसलहरु शनिबार बन्द गर्नुपर्ने आह्वान गरेपछि पोखरामा शनिबार पसल बन्द हुँदैआएका छन् ।

 



अन्य समाचारहरु