Investigative, Accurate, News Portal
नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०६६/०६७ को पहिलो चार महिनाको मुद्राप्रदाय विहीबार सार्वजनिक गरेको छ । बैङ्कद्वारा बिहीबार प्रकाशित विज्ञप्तिका अनुसार आर्थिक वर्ष २०६६/६७ को पहिलो चार महिनासम्ममा विस्तृत मुद्राप्रदाय चार दशमलव एक प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त मुद्राप्रदाय छ दशमलव नौ प्रतिशतले बढेको जनाइएको छ ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा आन्तरिक सम्पत्ति उच्च दरले बढेको भएपनि खुद वैदेशिक सम्पत्ति घटेकोले मौद्रीकयोगाङ्कहरू कम दरले बढेका हुन् बैङ्कले जनाएको छ ।
बैङ्कका अनुसार सङ्कुचित मुद्राप्रदायको अङ्शमध्ये चलनचल्तीमा रहेको मुद्रा समीक्षा अवधिमा पाँच दशमलव तीन प्रतिशतले बढी रु.१३२ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा उक्त मुद्रा १० दशमलव नौ प्रतिशतले बढेको थियो ।
आवधिक निक्षेप अघिल्लो वर्ष आठ दशमलव छ प्रतिशतले बढेकोमा समीक्षा अवधिमा पाँच दशमलव छ प्रतिशतले बढेको छ ।
माग निक्षेप भने अघिल्लो वर्ष ११ दशमलव तीन प्रतिशतले घटेकोमा समीक्षा अवधिमा सात दशमलव चार प्रतिशतले घटेको छ । निजी क्षेत्रतर्फको कर्जा वृद्धि उच्च रहेकोले माग निक्षेप अघिल्लो वर्षको तुलनामा कम दरले घटेको हो
बैङ्कले समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति -विदेशी विनिमय मूल्याङ्कन नाफा नोक्सान समायोजित) रू.२० अर्ब ४९ करोड -नौ दशमलव तीन प्रतिशत) लेे घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रू.११ अर्ब ८६ करोडले बढेको थियो । व्यापार घाटामा विस्तार आएकोले खुद बैदेशिक सम्पत्ति घटेको जनाएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०६६/६७ को पहिलो चार महिनासम्ममा आन्तरिक कर्जा ७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षर् उक्त कर्जा छ दशमलव पाँच प्रतिशतले बढेको थियो ।
नेपाल सरकारमाथिको दावी कम दरले घटेको र वाणिज्य बैंकहरूको निजी क्षेत्रतर्फको दावी बढेकोले आन्तरिक कर्जामा विस्तार आएको हो बैङ्कद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
समीक्षा अवधिमा नेपाल सरकारमाथिको दावी रू.दुई अर्ब १३ करोडले घटेको छ, अघिल्लो वर्षको सोही अवधिमा उक्त दावी रू.पाँच अर्ब पाँच करोडले घटेको थियो ।
समीक्षा अवधिमा नेपाल सरकारले नेपाल राष्ट्र बैंकबाट रू.तीन अर्ब ३३ करोड अधिविकर्ष उपयोग गरेको छ बैङ्कले जनाएको छ ।
प्रेस विज्ञप्तिका अनुसार समीक्षा अवधिमा निजी क्षेत्रतर्फको दावी नौ दशमलव ७सातप्रतिशत अर्थात रू.४२ अर्ब ४७ करोडले बढेको छ । अघिल्लो वर्ष उक्त क्षेत्रतर्फको दावी नौ दशमलव चार प्रतिशत अर्थात रू.३२ अर्ब छ करोडले बढेको थियो ।
आर्थिक वर्ष २०६६/६७ को पहिलो चार महिनासम्ममा वाणिज्य बैंकहरूको कुल निक्षेप परिचालन रू.१९ अर्ब ८४ करोड -तीन दशमलव छ प्रतिशत) ले बढी २०६६ कार्त्तिक मसान्तमा रू.५६९ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा कुल निक्षेप परिचालन रू.२७ अर्ब २४ करोड -छ दशमलव पाँच प्रतिशत) ले बढेको थियो बैङ्कद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा निजी क्षेत्रतर्फको कर्जामध्ये उत्पादनमूलक क्षेत्रतर्फको कर्जाको वृद्धिदरमा कमी आएको जनाइएको छ ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरूको तरल सम्पत्ति उच्च दरले घटेको छ । अघिल्लो वर्षको पहिलो चार महिनासम्ममा उक्त सम्पत्ति दुई दशमलव पाँच प्रतिशतले बढी रू.१५४ अर्ब ८८ करोड रहेकोमा समीक्षा अवधिमा १० दशमलव छ प्रतिशतले कमी आई रू.१६७ अर्ब ८२ करोड हुन आएको छ विज्ञप्तिमा जनाइएको छ ।
आर्थिक वर्ष २०६६/६७ को पहिलो चार महिनासम्ममा खुला बजार कारोवारअन्तर्गत बिक्री बोलकबोलमार्फत् रू.सात अर्ब ४४ करोड र रिभर्स रिपो बोलकबोलमार्फत् रू.एक अर्ब गरी कुल रू.आठ अर्ब ४४ करोड बराबरको तरलता प्रशोचन गरिएको बैङ्कद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बैङ्कद्वारा जारी विज्ञप्तिका अनुसार आर्थिक वर्ष २०६६/६७ को पहिलो चार महिनासम्ममा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजार हस्तक्षेपमार्फत वाणिज्य बैंकहरूबाट अमेरिकी डलर ३४ करोड ६५ लाख खुद खरिद गरी रू २६ अर्ब ५५ करोड बराबरको तरलता प्रवाह गरेको छ ।
विज्ञप्तिमा आर्थिक वर्ष २०६६/६७ को पहिलो चार महिनासम्ममा वाणिज्य बैंकहरूले कुल रू.९६ अर्ब नौ करोड बराबरको अन्तर-बैंक कारोवार भएको जनाइएको छ
वार्षिक विन्दुगत आधारमा नेप्से सूचकाङ्कमा २९ दशमलव सात प्रतिशतले गिरावट आई २०६६ कार्त्तिक मसान्तमा ५६६ दशमलव ९४ विन्दुमा पुगेको छ बैङ्कद्वारा जारी विज्ञप्तिमा जनाइएकाृ छ ।
बैङ्कले २०६६ कार्त्तिक मसान्तमा बजार पूँजीकरण वाषिर्क विन्दुगत आधारमा ३ दशमलव २ प्रतिशतले घट्न गई रु.४ खर्ब १४ अर्ब ८६ करोड पुगेको छ । परिणामस्वरुप २०६६ कार्त्तिक मसान्तमा बजार पूँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३८ दशमलव ३ प्रतिशत पुगेको जनाएको छ ।
२०६५ कार्त्तिक मसान्तमा यस्तो अनुपात ४४ दशमलव सात प्रतिशत रहेको थियो । सूचीकृत कम्पनीहरुको बजार पूँजीकरणमा विगतमा झैं बैंक तथा वित्तीय संस्थाहरुको सबैभन्दा ठूलो हिस्सा रहेको छ । जसअनुसार बजार पूँजीकरणमा बैंक तथा वित्तीय संस्थाहरुको ७३ दशमलव नौ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको एक दशमलव नौ प्रतिशत, होटलहरुको एक दशमलव दुई प्रतिशत, व्यापारिक संस्थाहरुको शून्य दशमलव चार प्रतिशत, जलविद्युतको चा्र प्रतिशत र अन्य क्षेत्रको १८ दशमलव सात प्रतिशत अंश रहेको छ बैङ्कद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
बैङ्कको प्रेस विज्ञप्तिका अनुसार आर्थिक वर्ष २०६६/६७ को पहिलो चार महिनासम्ममा वाषिर्क विन्दुगत उपभोक्ता मुद्रास्फीति नौ दशमलव नौ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा यस्तो मुद्रास्फीति १४ दशमलव पाँच प्रतिशत रहेको थियो
समीक्षा अवधिमा वाषिर्क विन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क २२ दशमलव दुई प्रतिशतले वृद्धि भएको बैङ्कले जनाएको छ ।
आर्थिक वर्ष २०६६/६७ को पहिलो चार महिनासम्ममा नेपाल सरकारको राजस्व परिचालन ४१.६ प्रतिशतले वृद्धि भई रु.४६ अर्व ६९ करोड पुगेको बैङ्कले नाएको छ ।
आर्थिक वर्ष २०६६/६७ को पहिलो चार महिनासम्ममा नेपाल सरकारलाई वैदेशिक नगद ऋणवापत् रु.एक अर्व ११ करोड र वैदेशिक नगद अनुदानवापत् रु. चार अर्व ८६ करोड प्राप्त भएको छ ।
आर्थिक वर्ष २०६६/६७ को पहिलो चार महिनासम्ममा वाहृय क्षेत्रको स्थितिमा अपेक्षित सुधार आउन नसकेको बैङ्कले उल्लेख गरेको छ ।
भारततर्फ मुख्यतयाः तयारी पोशाक, जिङ्क सिट, जुत्ता तथा चप्पल, धागो तथा मार्वल स्ल्याबको निर्यात घटेको कारण त्यसतर्फको निर्यात घट्न गएको बैङ्कले जनाएको छ ।
अघिल्लो वर्षको पहिलो चार महिनासम्ममा ४१ दशमलव एक प्रतिशतले वृद्धि भएको कुल आयात आर्थिक वर्ष २०६६/६७ को सोही अवधिमा २७ दशमलव आठ प्रतिशतले बढेको छ बैङ्कले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
बैङ्कले कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको २३ दशमलव सात प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा २८ दशमलव नौ प्रतिशतले बढेको छ भने अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्ष ६८ दशमलव आठ प्रतिशतले बढेकोमा समीक्षा अवधिमा २६ दशमलव ६ प्रतिशतले वृद्धि भएकोे छ जनाएको छ ।
आर्थिक वर्ष २०६६/६७ को पहिलो चार महिनासम्ममा समग्र शोधनान्तर स्थिति रु. २० अर्व ४९ करोडले घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु. ११ अर्व ८६ करोडले शोधनान्तर बचतमा रहेकोे बैङ्कद्वारा जनाइएको छ ।
बैङ्कका अनुसार आर्थिक वर्ष २०६६/६७ को पहिलो चार महिनासम्ममा चालू खाता पनि रु.१३ अर्ब ९४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने चालू खाता रु.आठ अर्ब ३८ करोडले बचतमा रहेको थियो । खासगरी व्यापार घाटा ४८ दशमलव नौ प्रतिशतले बढेको कारण चालू खाता घाटामा रहन गएको हो ।
त्यस्तै, समीक्षा अवधिमा ट्रान्सफरअन्तर्गत अनुदान १० दशमलव दुई प्रतिशतले घटेको छ भने विप्रेषण आप्रवाह अघिल्लो वर्षको ६५ दशमलव नौ प्रतिशतको उल्लेखनीय वृद्धिको तुलनामा केबल छ दशमलव सात प्रतिशतले मात्र बढेको छ जनाइएको छ ।
२०६६ कार्तिक मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०६६ असार मसान्तको तुलनामा ११ दशमलव एक प्रतिशतले घटी रु.२४८ अर्व ८९ करोडमा सीमित रहेको बैङ्कले जनाएको छ ।
बैङ्कका अनुसार २०६५ कार्तिक मसान्तमा यस्तो सञ्चिति आठ दशमलव आठ प्रतिशतले बढेकोेे थियो । अमेरिकी डलरमा भने २०६६ असारदेखि कार्तिक मसान्तसम्ममा कुल सञ्चिति छ दशमलव दुई प्रतिशतले घटी अमेरिकी डलर ३ अर्व ३६ करोडमा सीमित रह्यो । अघिल्लो वर्षको सोही अवधिमा कुल सञ्चिति अमेरिकी डलरमा गणना गर्दा पाँच दशमलव तीन प्रतिशतले घटेको थियो ।
बैङ्कका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०६५ कार्तिक मसान्तमा प्रतिव्यारल अमेरिकी डलर ५७ दशमलव चार रहेकोमा २०६६ कार्तिक मसान्तमा ३१ दशमलव ९ प्रतिशतले वृद्धि भई प्रति व्यारल अमेरिकी डलर ७५ दशमलव २२ पुगेको जनाइको छ ।
त्यसैगरी सुनको मूल्य २०६५ कार्तिक मसान्तको तुलनामा २०६६ कार्तिक मसान्तमा ४७.७ प्रतिशतले वृद्धि भई प्रतिआउन्स अमेरिकी डलर ७४७ दशमलव ५० बाट अमेरिकी डलर ११०४ पुगेको छ ।
बैङ्कको अनुसार २०६६ असार मसान्तको तुलनामा २०६६ कार्तिक मसान्तमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ५ दशमलव ४७ प्रतिशतले अधिमूल्यन भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग १२ दशमलव ९६ प्रतिशतले अवमूल्यन भएको थियो । २०६६ कार्तिक मसान्तमा अमेरिकी डलर एकको विनिमय दर रु. ७४ पुगेको छ । २०६६ असार मसान्तमा उक्त विनिमय दर रु. ७८ दशमलव ०५ रहेकोे बैङ्कद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।