top menu Home Sitemap Our Team

आर्थिक समाचार

फागुनसम्ममा आर्थिक क्षेत्रको तरलता कम हुन्छ: रायमाझी

पोखराखबर डट कम समाचारदाता
पोखरा, २६ पुस ।

नेपाल राष्ट्र ब्याङ्कका डेपुटी गभर्नर वीरविक्रम रायमाझीले फागुन मसान्तसम्ममा आर्थिक क्षेत्रमा देखिएको तरलता कम हुने बताएका छन् । पोखराको न्यूरोडमा स्थापना गरिएको मेट्रो डेभलपमेण्ट ब्याङ्कको आइतबार उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । ब्याङ्क तथा वित्तिय संस्थाहरूमा हुने गरेको निक्षेप सङ्कलनभन्दा कर्जा लगानी बढेकाले आर्थिक क्षेत्रमा तरलता रहेको उनको भनाई छ ।

उनले ब्याङ्क तथा वित्तिय संस्थाले जग्गा कारोवारमा गर्दै आएको लगानी रोक्दा ब्याङ्क तथा वित्तिय संस्था नै चल्न नसक्ने अवस्था सृजना हुनेभन्दै यससम्बन्धी कारोवारलाई पनि जोगाउँदै राष्ट्र ब्याङ्कले ठोस निर्णय गर्ने जानकारी दिए । डेपुटी गभर्नर रायमाझीले ब्याङ्क तथा वित्तिय संस्थाहरूमा एटीएम सेवा प्रयोग गर्ने क्रम बढ्दै गइरहेको भन्दै गत आर्थिक वर्षमा ३ सय २० स्थानबाट एटीएम सेवा सञ्चालनमा रहेकोमा यस चालु आर्थिक वर्षमा मात्रै ८ सय २० स्थानबाट सेवा सञ्चालनमा आइसकेको जानकारी दिए ।

८६ जना शेयर सदस्य रहेको सो ब्याङ्कको अधिकृत पुँजी २० करोड, जारी पुजी १० करोड र चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ ।

 



अन्य समाचारहरु