Investigative, Accurate, News Portal
नेपाललसहित संसारभरका टेलिभिजन च्यानल छानीछानी हेर्नबाट वञ्चित देशभरका दर्शकलाई खुसीको खबर । केही महिनाभित्रै तपाईहरूले बिनाकेबुल लाइन घरमै छानीछानी नेपालीलागयत च्यानल टेलिभिजनमा हेर्न पाउनुहुने भएको छ । यसका लागि डिस मिडिया नेटवर्क प्रालिले चाँडै डिटिएच ९डाइरेक्ट टु होम० प्रविधि भित्र्याउँदै छ । प्रालिले शुक्रबार पत्रकार सम्मेलनमार्फत २र४ महिनाभित्रै यो प्रविधि नेपालभर लागू गर्ने तयारी गरिरहेको घोषणा गरेको छ । सरकारले अनुमति दिएपछि गरिएको पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष तथा इमेज च्यानलका सञ्चालक आरके मानन्धरले सूचना प्रविधिको बढ्दो विस्तारसँगै नेपालमा डिटिएच प्रविधि भित्र्याउने तयारी अन्तिम चरणमा पुगेको बताए । टेलिभिजन दुनियाँमा पछिल्लोपटक भित्रिएको यो प्रविधि अत्याधुनिक गुणस्तर भएको वायरलेस डिजिटल प्रणाली हो । यसका ग्राहकले बिनाकेबुल लाइन आफूलाई मन पर्ने च्यानल मात्र छनोट गरी हेर्न सक्छन् । केबुलबाट जस्तो सबै च्यानल हेर्न ग्राहक बाध्यकारी हुँदैनन् । ग्राहकले समाचार, खेलकुद, फिल्म, मनोरञ्जनलगायत च्यानल मात्रै छानेर हेर्न सक्छन् । स्कुले विद्यार्थी भएको घरका अभिभावकले छोराछोरीको पढाइलाई ख्याल गरी च्यानल थपघट गर्न सक्छन् । डिस मिडियाले सेवा प्रवाह थाल्ने बित्तिकै ग्राहकलाई सानो आकर्षक एन्टेना र रिसिभिङ बक्स उपलब्ध गराउनेछ । रिसिभिङ बक्स टेलिभिजन सेटमा जोडेपछि च्यानल हेर्न सम्जेछन् । हाल सरकारले ७४ वटा च्यानल वितरणको अनुमति दिएको छ ।