Investigative, Accurate, News Portal
वीरगन्जमा भएका विभिन्न आपराधिक घटनामा संलग्न प्रहरीको ‘मस्टवान्टेड’ सूचिमा रहेका बिदेशीयाप्रसाद साह तेली -बागडबिल्ला) सहित अन्य दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा प्रमोद यादव, अशोक यादव र विदेशीप्रसाद साह तेली -बागडबिल्ला) रहेका छन् ।
पक्राउ पर्ने मध्ये तेली वीरगन्जमा बागडबिल्लाको नाममा हत्या, फोनधम्की र जबर्जस्ती चन्दा आतङ्कमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
अन्य दुई जना पनि बिभिन्न अपराधमा संलग्न भएको पर्साका प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले बताउनुभयो ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको अपराध नियन्त्रण टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई आज नै पर्सा जिल्ला अदालतमा पेशगरी थुनुवा म्याद दिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरू केही दिनअघि पशुपति ट्रान्सपोर्टका प्रबन्धक राजेश्वर दुवे र वीरगन्ज आदर्शनगरका व्यापारी मनोज हरलालकाको हत्यामा संलग्न रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले यसअघि भने पशुपति ट्रासपोर्टका प्रवन्धक दुवेको हत्यामा संलग्न रहेको भन्दै वीरगन्ज-१९ का सन्तोस दास तत्वालाई सार्वजनिक गरेको थियो ।