top menu Home Sitemap Our Team

अपराध समाचार

मोस्ट वान्टेड अपराधी मुखिया हतियारसहित पक्राउ

पोखराखबर डट कम समाचारदाता
काठमाडौं, १० पुस ।

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका अपराधी विद्यालाल मुखियासहित दुईजनालाई शुक्रबार प्रहरीले हतियारसहित सप्तरीको कोचाबखारी गाविसबाट पक्राउ गरेको छ। सप्तरीको कोचाबखारी गाविसको कुपही टोल निवासी मुखिया र भुपेन्द्र मुखियालाई घर नजिकैबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती टोलीले विहिबार राति पक्राउ गरेको हो। उनीहरूलाई दुई थान नलकटुवा र पाँच राउन्ड गोलीसहित पक्राउ परेका छन्।
सप्तरी, सिरहा र सीमावर्ती भारतीय क्षेत्रबाट अपहरण गरेर ल्याउने र लुकाउने, नेपालमा अपहरण गर्ने गराउने, फिरौती लिने, चन्दा उठाउनेलगायतका आपराधिक क्रियाकलाप मुखियाले गर्ने गरेको प्रहरीले बताएको छ।



अन्य समाचारहरु