Investigative, Accurate, News Portal
बागलुङबजारबाट प्रहरीले पहिलो पटक ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । हिजो दिउसो ६ ग्राम ब्राउन सुगर, गाजा, चरेस सहित बागलुङबाट ३ जनालाई प्रहरीले प्क्राउ गरेको हो ।वागलुङ नगरपालिका वडा नं. २ माझकोटका आकास किसान, सोही नगरपालिकाको वडा नं. २ महेन्द्रपथका रामचन्द्र श्रेष्ठ र बसपार्कका खगेन्द्र खडकालाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक विकासराज खनालले जानकारी दिनुभयो । बागलुङ बजारमा लागू पदार्थ दूव्र्यसनीहरुको ठूलो गिरोह रहेको प्रहरीले बताएको छ । लामो समय देखि लागूऔषध कारोबारमा संलग्न रहेको भन्दै कडा निगरानीपछि पक्राउ गरेको प्रहरीको भनाइ छ । बागलङ बाहिरबाट लागूपदार्थ लिइ बेच्ने र तीनैजना दूव्र्यसनी भएको भन्दै अनुसन्धान जारी रहेको प्रहरी नायव उपरिक्षक खनालले बताउनुभयो ।