Investigative, Accurate, News Portal
राजविराजको धरमपूर गाविस वडा नं २ का सुनिलकुमार सदाले आफ्नै श्रीमती २५ बर्षीया राजोदेवी सदालाई बन्चरो प्रहार गरी हत्या गरेका छन्। आफ्नै घरमा सुतिरहेको अबस्थामा अत्याधिक मदिरा सेवन गरेर आएका सुनिलले राजोलाई बन्चरोले घाटी र कोखामा हानी हत्या गरेका हुन्।
श्रीमतीलाई मारेर भागेका सुनिल घरबाट १ किलोमिटर टाढाको चौरीबाट घटनाको करिब १२ घण्टा पछि पक्राउ परेको प्रहरीले जनाएको छ।
घटनामा प्रयोग भएको बन्चरो हत्या गरिएकै स्थानमा रक्ताम्य अबस्थामा लुकाएर राखेको प्रहरीले जनाएको छ।
हत्याको स्पस्ट कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। उनिहरुको ९ महिनाकी छोरी छिन्।
शव परिक्षणका लागि सगरमाथा अञ्चल अस्पताल लगिएको छ।