top menu Home Sitemap Our Team

अपराध समाचार

अपराधमा संलग्न व्यक्तिहरु पक्राउ

पोखराखबर डट कम समाचारदाता
काठमाडौ १५ फागुन ।

महानगरीय प्रहरी परिसर हनुमानढोकाले विभिन्न स्थानबाट सकेटबम, हतियार, ब्राउनसुगर, नक्कली नोट सहितका आपराधिक कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ ।
शुक्रबार पक्राउ पर्नेहरुमा साढे पाँच किलो ब्राउनसुगरसहित ठमेलस्थित खानसन गेस्ट हाउसमा बसेका पाकिस्तानी नागरिक ४१ वर्षीय  हुसैन अदरर र ३३ वर्षीय एर्सद मोहम्मद रहेका छन् ।
फागुन १० गते पाकिस्तान एयरलाइन्सबाट शरीरमा लुकाएर सो ब्राउनसुगर काठमाडौँ भित्र्याएको अनुसन्धानको क्रममा खुलेको महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख तथा प्रहरी उपरीक्षक गणेश केसीले जानकारी दिनुभयो ।
त्यसैगरी प्रहरीले शनिबार बिहान ७ बजे चावहिल गोपीकृष्ण हल छेउबाट सुनसरी जिल्ला घर भई काठमाडौँमा बसोबास गर्ने ३० वषर्ीय सुरेन्द्रकुमार चौधरीलाई नेपाली नक्कली रु.पाँच सयका चौध थान नोटसहित पक्राउ गरेको छ ।
त्यस्तै शुक्रबार राति १० बजे बागबजारस्थित सङ्गम होटलमा लुटपाट गरिरहेको अवस्थामा अमेरिकामा निर्मित एकथान पेस्तोल र त्यसमा लाग्ने चार राउन्ड गोलीसहित झापा घर भई काठमाडौँ बस्ने २८ वषर्ीय प्रकाश राई, बारा घर भएका सन्तोष माझी र रोल्पा घर भएका खिमबहादुर डाँगीलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यसैगरी गत बुधबार राति १०ः३० बजे ठमेलस्थित कोहिनुर होटलमा लुटपाट गर्न खोज्ने चार जनाको समूहलाई तीनथान सकेटबम र एक थान खुकुरीसहित प्रहरीले पक्राउ गरेको छ ।



अन्य समाचारहरु