Investigative, Accurate, News Portal
कोरियाली भूमिमा शनिबार हामीले फेरि अर्को एक जना नेपाली नागरिक गुमायौं। नेपाल सरकारले आफ्नो देशका श्रमिकहरुलाई कोरियाको श्रम बजारमा इपीएस प्रणाली अन्तर्गत २००९ सालमा पठाएका करिब ३८०० श्रमिकहरु मध्य २ जनाको देहान्त भैसकेको छ।
यसैक्रममा कोरियाको छोनान शहरस्थित एक धातुको कम्पनीमा कार्यरत नेपाली नागरिक ग्यानु प्रसाद रेग्मीको शंकास्पद अवस्थामा मृत्यु भएको छ। नेपाली राहदानी संख्या २५३९५८९ बाहक निज रेग्मी सन १९८२-७-३ गते नेपालको रौटहत जिल्ला चन्द्र निगाहपुर-६ मा जन्मिनु भएको थियो। आज भन्दा चार महिना अघि कोरिया आउनु भएका रेग्मी स्नातक तह अध्ययन गर्दा गर्दै कोरियाली भूमिमा श्रम गरेर सुखद भविष्यलाई सुनिश्चित गर्ने सपना बोकेर यता आउनु भएको थियो। आज उहांले बोक्नु भएको त्यो सपना शिसाको महल झैं चकनाचुर भएको छ। समाचार श्रोतका अनुसार नीज नेपाली नागरिकले तीन पटक आफूले काम गर्ने कम्पनी परिवर्तन गरिसक्नु भएको थियो। संगै काम गर्ने साथीहरुले रात्री ड्यूटीमा जाऊं भन्दा ूसन्चो छैन जान्नू भनेर कोठामै बसेका निज देहान्तित व्यक्तिलाई शनिवारको अपरान्ह १२ बजे सम्म सो मोटेलका कर्मचारीहरुले करिडोरमा घुमिरहेको देखेको दावीलाई त्यहां जडित सूरक्षा क्यामराहरुमा कैद तस्वीरहरुले समेत पुष्टि गरेको छ। ६स्३० मा साथीहरु कामबाट फर्केर आउंदा कोठाको ढोका बन्द अबस्था रहेको हुनाले लामो पर्खाई सहितको ढकढकाईबाट समेत निजले ढोका नखोले पछि होटल मालिक्नीको रोहबरमा साथीहरुले ढोका फोडेर हेर्दा नीजलाई ढोका पछाडीको एउटा फलामे किलामा जुत्ताको तुनाले झुण्डिएर मरेको अवस्थामा भेटिएको थियो।
शारीरिकरुपमा कामको थाम्नै नसक्ने बोझको कारणले गर्दा थलिएर बिरामी हुन थाले पछि कम्पनीले नै मजदूरहरुको निम्ति आवास स्वरुप भाडामा लिएको मोटेलमा बस्न थालेका रेग्मी साथीहरु काममा गएको अवस्थामा आफ्नो पांच फिट दश इंच अग्लो कोठाको ढोका पछाडिको एउटा किलामा जुत्ताको तुनाले झुण्डिएर मरेको हेर्दैमा शंकास्पद प्रतित हुने अवस्थामा भेटिएका थिए।स्मरण रहोस,निज म्रितकको उचाई पांच फिट पांच इंच छ।विरामी भैसकेपछि उनले गुम्जुंगस्थित एनसीजीएफको शेल्टरका इन्चार्ज चो क्युंग गून९नेपाली नामस् ज्ञानबहादुर महर्जनको सहायतामा अस्पतालमा गएर जंचाएका र सामान्य उपचारपछि कम्पनीले उपलब्ध गराएकै आवासमा गएर बस्न थालेका थिए। सगोलमा बस्ने ूसहकर्मी साथीहरुको बयान अनुसार नीज रेग्मीले अस्पतालमा डाक्टरले उनलाई डिप्रेसन भएको बताएका थिए र सोही मुताविक उनले डाक्टरको सल्लाह अनुसार सिफारिस गरिएको औषधी सेवन गरिरहेको छु भनेर साथीहरुलाई भन्दथेू भनेर प्रहरी प्रतिवेदनले उल्लेख गरेको छ।अहिले घटनास्थलमा यो संवाददाताको साथै कोरियाको निम्ति नेपाली राजदुतावासका प्रतिनिधी सुरेश लिम्बू परिस्थितिलाई सम्बोधन गर्न पुगिसक्नु भएको छ। पांच फिट १० इन्च अग्लो स्थानमा झण्डै उतिनै उचाईको व्यक्ति झुण्डिएर मर्न प्राय असम्भव जस्तो देखिने भए पनि वास्तविक मरणको कारण खोल्न सक्ने पोष्टमोर्टेम रिपोर्ट नआउन्जेल यही हो भन्न नसकिने स्थिती छ।
यस सम्वाददाता र साथमा रहनु भएको दुतावास प्रतिनिधिको स्वतन्त्र मूल्यांकनमा धेरै धन सजिलै कमाउने ठूलो आकांक्षा सहित कोरियाको कठोर श्रम बजारमा आउने नेपालीहरु मुलुकमा उच्च शिक्षा हासिल गरिसकेका हुन्छन् र यहांको पठित र मुलायम नेपाली ज्यानले धान्न नसक्ने हाडतोड परिश्रमले उनीहरुमा डिप्रेसन जस्ता मानसिक रोगहरु हुनु र कतिपयको अकालमा त्यसरी ज्यान समेत जानु स्वभाविक र आफैमा दुस्खद देखिन्छ। स्मरणरहोस निज मृतकले अहिलेसम्म घरमा पैसा पनि पठाउन सकेका थिएनन्। राजदुतावास स्रोतका अनुसार अहिले निजको आफन्तजनसित पोष्टमोर्टेम रिपोर्ट आइसकेपछि शवलाई नेपाल पठाउने वा उनको अन्त्यष्टी यही गर्ने भन्ने बारेमा छलफल भैरहेको बुझिएको छ। स्थानीय नेपालीहरु कोरियामा खुलेका च्याउ जस्ता विभिन्न संगठनहरु एउटा नेपालीलाई परेको यो विपद र दर्दनाक परिघटनामा कुन दुलामा पसे कि तिनलाई कुन कुलाले बगायो रुभनेर प्रश्न गरिरहेका छन्।हामीले नीज रेग्मी कुन अवस्थामा कसरी मरेको भेटिए भनेर आफै व्याख्या गर्ने भिडियो समेत तयार गरिरहेका छौं।हेर्नु होला।एउटा नेपाली श्रमिकको जीवन अन्त्यको दुस्खद घटना भएको यो बेला संयोगले नेपालका संमाननीय श्रम मन्त्री मोहमद अफ्ताफ आलम इपीएस प्रणालीको नविकरण संझौतामा हस्ताक्षर गर्न कोरिया भ्रमणमा हुनुहुन्छ।सो प्रणाली अन्तर्गत यता आएका नेपालीहरु कति टिक्न सकेका छन्,कति कुन अवस्थामा अवैधानिक भएर रहेका छन्। कस्ता मानिस यहांको श्रम बजारमा पठाउनु हुन्छ र कस्तालाई पठाउने कार्य रोक्दा दिर्घकालिनरुपमा मुलुकलाई फाइदा हुन्छ भन्ने कुरा आज नेपालीहरुसंग अन्तरक्रियामा व्यस्त रहनु भएका श्रममन्त्री ज्यू नेपाल फर्कनु भएपछि सरकारसंग राखि कार्यान्वयनमा जोड दिनु हुनेछ भन्ने पर्यवेक्षकहरुको राय छ। स्मरणरहोस, इपीएस प्रणाली अन्तर्गत कोरियाको माछा व्यवसायमा आएका नेपाली श्रमिकहरुको विचल्लीपूर्ण दारुण अवस्थाको कोरियास्थित नेपाली राजदुतावास चश्मदीद गवाह बनिसकेको पोहोरको नजीर त्यसै असम्बोधितरुपमा छ।