Investigative, Accurate, News Portal
भारतको झारखण्ड राज्यअन्तर्गत देवधर जिल्लामा पर्ने बैजनाथधाममा चिसोको कारण एक नेपाली महिला तीर्थालुको मृत्युभएको छ । मृत्यु हुने महोत्तरी पिगौना-३ की ४५ वर्षीया ललितादेवी पाण्डे हुन् । भारतको सुल्तानगन्जघाटबाट एकसय पाँच किलोमिटर दूरीसम्म खाली खुट्टा हिँडेर वैजनाथधाम पुगेकी ललितादेवी पाण्डेको अत्यधिक चिसोका कारण मृत्युभएको पति देवेन्द्र पाण्डेले बताउनुभयो ।