Investigative, Accurate, News Portal
गैर आवासिय नेपाली यातायात मजदुर संघको आवहानमा ‘सम्पूर्ण यातायात मजदुर एक हौ, ट्राफीक नियमको पालन गरौँ, आफू बचौं र अरुलाई पनि बचायौ’ भन्ने मुल नाराका साथ यहि २९ जनावरी २०१० का दिन कतारस्थित सनैया १० माउन्टेन होटलमा गैरआवासीय नेपाली यातायात मजदुर सघंका कार्यबाहक अध्यक्ष भुपराज दवाडीको अध्यक्षतामा यातायात क्षेत्रमा पर्ने समस्याको समाधान, ट्राफिक नियमका बारेमा जनचेतना मुलका कार्यक्रम भब्यताका सम्पन्न गरयो।
राष्ट्रियगानबाट सुरु गरिएको सो कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक भरोसी ठाकुरले गर्नु भएको थियो।
कार्यक्रमका प्रमुखअतिथि नेपाली दुतावासका प्रथमसचिव रामकाजी खड्काले यस संघले ल्याएको जनचेतना मुलक कार्यक्रमले यातायातक्षेत्रमा पर्ने समस्याहरुको रोकथाम गर्नसकिने, सम्पूर्ण यातायात मजदुरहरु एक भएर अगाडी बढेमा प्रत्येक सवारी चालकलाई पर्ने कुनै पनि समस्याको समाधान सजिलैसंग गर्न सकिने कुरामा जोड दिनु भयो ।
एनआरएनए एनसीसी कतारका अध्यक्ष नरेन्द्र भाट र नेपाल आदिवासी जनजाति महासंघका महासचिव विनेश तामाडंले कतारमा भएका सम्पूण संध सस्थाहरुसँग समन्वय गरि यस्ता जनचेतना मुलक कार्यक्रम गरियो भने सजिलै संग कतारमा भएका यातायात मजदुर लगायत सम्पूर्ण नेपालीका समस्याहरु समाधान गर्न सक्ने कुरामा जोड दिनु भयो।
शेफ्टी अवारनेशका अध्यक्ष ई राधाकृष्णदेव, नेपाल प्रवासी मुस्लिम समाजमा महासचिव करिमबक्स मिया, नेपाली जनसम्पर्क समितिका महामन्त्री बिमल सुबेदीले पनि आफ्ना मन्तव्य दिनु भएको थियो ।
गैरआवासीय नेपाली यातायात मजदुर संघका केन्दि्रय सचिव समिर खत्रीले भावी कार्य नीति प्रस्तुत गर्नु भएको थियो भने केन्द्रीय सहसचिव बद्री पाठकले संस्थाको गठन र गतिविधिका बारेमा जानकारी दिनु भयो।
यसै गरी केन्द्रीय कोषध्यक्ष खेम भटराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । ट्राफीकका बारेमा दिनेश ठकुरीले र पूर्ण सिंह लामाले कविता वाचन गर्नु भएको थियो । कार्यक्रमको संचालन हेम बहादुरले गर्नु भएको थियो।
सो कार्यक्रममा यातायात क्षेत्रमा कार्यरत चालक सदस्यहरुको भव्य उपस्थिति रहेको थियो ।