top menu Home Sitemap Our Team

स्थानीय समाचार

स्याङ्जामा ट्याक्टर दुर्घटना ११ घाइते, २ गम्भीर

पोखराखबर डट कम समाचारदाता
स्याङ्जा, २३ माघ ।

दुर्घटना ११ जना घाइते भएका छन्। घाइते मध्ये २ को अवस्था गम्भिर छ। घाइते सबैको तानसेन स्थित मिसन अस्पतालमा उपचार भैरहेको छ। घाइते मध्ये जगत्रदेवी -८ का १६ बर्षिय आकाश थापा र १७ बर्षिय खगेन्द्र पाठक गम्भिर रहेको मिसन अस्पताल श्रोतले बतायो।

स्याङ्जाको मिर्मीबाट राम्दि तर्फ जाँदै गरेको ग १ प १४६४ नम्बरको ट्याक्टर शनिबार बेलुका पौने ५ बजे सडकमै उत्तानो पल्टको थियो। तिब्र गतिमा रहेको ट्याक्टर घुम्तिमा अनियन्त्रित भई पल्टेको गल्याङ् प्रहरी चौकीका प्रहरी हवल्दार इन्द्र बहादुर कार्कीले नागरिकन्युजलाई बताए। चलक किरण दर्लामि प्रहरी नियन्त्रणमा छन् ।

 

 

 



अन्य समाचारहरु