top menu Home Sitemap Our Team

स्थानीय समाचार

निर्माण व्यवसायीको पाचौ क्षेत्रीय अधिवेशन शुरु

दिननाथ बराल
पोखरा, २३ माघ ।

पश्चिमांञ्चल क्षेत्रीय निर्माण व्यवसायी संघको नवौ साधारण सभा एवं पाचौ क्षेत्रीय अधिवेशन आजदेखि पोखरामा शुरु भएको छ । भोलि सम्म चल्ने अधिवेशनको उद्घाटनगर्दै नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष शुकुन्तलाल हिराचनले मुलुकमा अझै पनि बिभिन्न बाहानमा चन्दा माग्ने गरेकोले व्यवसायीहरु मारमा परेको गुनासो गर्नुभयो । अधिवेशनमा पश्चिमाञ्चलका १६ जिल्लाका एक सय ३७ जना प्रतिनिधि सहभागि छन् ।

पश्चिमाञ्चल क्षेत्रीय निर्माण व्यवसायी संघका अध्यक्ष अर्जुनबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका प्रथम उपाध्यक्ष अमरबहादुर श्रेष्ठ, द्धितिय उपाध्यक्ष रवी सिंह, महासचिव शरदकुमार गौतम, आन्तरीक उपसचिव बासुदेव उप्रेती, संस्थापक अध्यक्ष शिवशंकर गौचन, एकिकृत नेकपा माओवादी कास्कीका सदस्य भुमिराज पराजुली, पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष तीर्थमान प्रधानाङ संघका महासचिव ठाकुरप्रसाद बराल, कोषाध्यक्ष ऋषिराम गौतम लगायतले बोल्नु भएको थियो ।



अन्य समाचारहरु