top menu Home Sitemap Our Team

स्थानीय समाचार

दोषीलाई जतिसक्दो छिटो कार्वाही गर्ने सहमति

दीपक गौतम
बागलुङ, २३ माघ ।

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक नगरेको भन्दै स्थानीय बासिन्दाहरुले हटिया प्रहरीचौकीमा तोडफोड तथा आगजनी गरेपछि हिजो राती दुई पक्षबीच बार्ता सम्पन्न भएको छ । शसस्त्र प्रहरी गण पोखराका प्रहरी नायव उपरीक्षक दिपक रेग्मीको उपस्थितिमा गल्कोटको हटियामा पिडित पक्ष र प्रहरीबीच भएको सो बार्तामा दोषीलाई जतिसक्दो छिटो कार्वाही गर्ने सहमति भएको छ । त्यसैगरी प्रदर्शनकारीहरुले जलाएको प्रहरी चौकी पुर्ननिर्माणका लागि सवै पक्षले सहयोग गर्ने सहमति भएको छ ।

हत्याको आरोप खेपी प्रहरी नियन्त्रणमा रहेका डिक्सनकुमार मल्लले आफ्नी प्रेमीका १९ बषर्ीय सुशिला साहनीको हत्या आफुले नगरेको तर हत्या गर्नेहरुलाई चिनेको बताए पछि हत्यामा संलग्न भएको अन्य व्यक्तिहरुको खोजी कार्यमा लागेको छ । प्रहरी निणन्त्रणमा रहेका डिक्सनकुमार मल्ल र सरोज केसीलाई कानुनी पत्र

[mया पुर्‍याएर जिल्ला पठाउनु पर्छ तर आरोपित डिक्सन मल्लले हत्यामा अन्य व्यक्तिहरुको संलग्नता रहेको भनेकाले अन्य व्यक्तिहरुको खोजीकार्य भईरहेको इलाका प्रहरी कार्यालय हटियाका प्रहरी निरिक्षक हेमन्त भण्डारीले बताउनु भयो ।

गत बुधबार हत्या गरिएकी हटिया- ३ कि सुशिला साहनीका हत्यारालाई कार्वाही गर्नु पर्ने, प्रहरी नियन्त्रणमा रहेका सरोज केसी र डिक्सनकुमार मल्ललाई सार्वजनिक गर्नु पर्ने लगाएतका माग राख्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले हटिया प्रहरी चौकीमा हिजो दिउासो आगजनी तथा तोडफोड गरेका थिए । प्रदर्शनमा उत्रिएका २ हजार भन्दा बढी प्रर्दशनकारीहरुले चौकी तोडफोड र आगजनी गर्न थालेपछि प्रहरीले केही अश्रुग्यास प्रहार गरेको थियो ।

बार्तामा सहमति भएपनि पिडीत पक्षले शान्तिपुर्ण रुपमा आज पनि हटिया बजारमा प्रदर्शन गर्ने बताएका छन ।



अन्य समाचारहरु