top menu Home Sitemap Our Team

स्थानीय समाचार

स्थानीयवासीले परियोजनामा रोजगारी मागे, पदपुर्ती प्रक्रिया स्थगित !

पोखराखबर डट कम समाचारदाता
म्याग्दी, २३ माघ ।

स्थानीयबासीहरुले म्याग्दीमा निर्माण सूरु हुन लागेको रहुघाट जलविद्युत परियोजनामा रोजगारीको माग गरेपछि कर्मचारी पदपुर्ती प्रक्रिया स्थगित भएको छ । स्थानीयबासीले जनशक्ति पुर्ती गर्ने कार्यमा प्रभावित पिप्ले घतान दग्नाम पात्लेखेत र झिँ गाविसका जनशक्तिलाई प्राथमिकता दिनुपर्ने माग गरेपछि पदपुर्ती प्रक्रिया स्थगित भएको हो ।
शनिबार जारी गर्ने भनिएको पदपुर्ती सम्बन्धि सूचना सार्वजनिक गर्ने कार्य स्थगित गरिएको परियोजनाका अन्र्तवार्ता कर्मचारी छनौट समितिका अध्यक्ष डाल कुमार खड्काले जानकारी दिनुभयो । ‘स्थानीयबासीको अवरोध पछि पदपुर्ती प्रकि्रया स्थगित भयो’ अध्यक्ष खड्काले भन्नुभयो ‘जिल्लाका सरोकारवालाहरुसँग छलफल गरेर पदपुर्ती प्रकि्रया अगाडी बढाउँछौ ।’
स्थानीयबासीलाई जानकारीनै नगराई उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको मिलिमतोमा करारमा कर्मचारी भर्ना गर्न लागिएको भन्दै परियोजना प्रभावित क्षेत्रका बासिन्दाले सूचना प्रकाशन गर्न अवरोध गरेका थिए । रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने माग गर्दै प्रभावित क्षेत्रका बासिन्दाले शुक्रबार परियोजनाको बेनी स्थित कार्यालय घेराउ पनि गरेका थिए ।
‘मन्त्रालयबाटै गोप्य रुपमा कर्मचारीको पदपुर्ती गरिसकेपछि औपचारिकता पुरा गर्न सूचना प्रकाशन गर्न लागेको थाहा पाएर त्यसलाई रोक्ने प्रयास गरेका हौ’ स्थानीयबासी बालकृष्ण सुवेदीले भन्नुभयो । स्थानीयलाई प्राथमिकता दिई पारदर्शी तवरले पदपुर्ती गर्नुपर्ने स्थानीयबासीको माग रहेको छ ।
स्थानीयबासीको मागप्रति परियोजना सकारात्मक भएको र यस विषयमा छलफल गरिने अध्यक्ष खड्काले बताउनुभयो । परियोजनाले सिभिल ईिाजनियर सहित विभिन्न तहका ४० जना कर्मचारी छनौट गर्नका लागि सूचना प्रकाशन गर्न लागेको थियो ।
३० मेघावाट क्षमताको परियोजना निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले जग्गा अधिकरण प्रकि्रया पनि सुरु गरेको छ । झिँ र दग्नाम गाविसको सिमानामा रघुगंगा नदी थुनेर बाँध बनाईने आयोजनाको विद्युत गृह बाँध रहेको स्थानदेखि ६ किलोमिटर टाढा पिप्ले गाविसको तिल्केनीचौरमा निर्माण गरिने परियोजना प्रमुख बुद्धकृष्ण मानन्धरले जानकारी दिनुभयो । प्रमुख मानन्धरका अनुसार चालु आर्थिक वर्ष २०६६/६७ देखि सो आयोजनाको भौतीक पुर्वाधार निर्माण सुरु हुदैछ ।
भारत सरकारको सहुलियत ऋण नेपाल सरकार र विद्युत प्राधिकरणको संयुक्त लगानीमा आयोजना निर्माण हुन लागेको हो । नेपाल विद्युत प्राधिकरणले गरेको अध्ययन अनुसार आयोजना निर्माण गर्न ३ अर्व ५० करोडदेखि ४ अर्व रुपैया लगानी हुने देखिएको छ ।



अन्य समाचारहरु