top menu Home Sitemap Our Team

स्थानीय समाचार

तातोपानी कुण्ड स्नान गर्न आउनेलाई होम स्टेको सुविधा प्रभावकारी

पोखराखबर डट कम समाचारदाता
म्याग्दी २३ माघ ।

तातोपानीमा डुबेर उपचार गराउन आउने बिरामीहरुका लागि स्थानीयवासीले साचालन गरेको होम स्टेको सुविधा प्रभावकारी बनेको छ । म्याग्दी नदीको किनारमा अवस्थित तातोपानी कुण्ड प्राकृतिक उपचारस्थलको रुपमा विकसित भएपछि स्थानीयवासीले प्रत्येक घरमा पाहुनाका लागि खाने बस्ने सुविधासहितको होम स्टेको व्यवस्था गरेका हुन् । सिङ्गा गाविसको वडा न। ४ मा पर्ने तल्लो र उपल्लो तातोपानी बजारका प्रत्येक घरमा होम स्टेको सुविधा छ ।
यहाँका करिब १६० घरमा यो सुविधा पाइन्छ । पाहुनाका लागि प्रत्येक घरमा एकवटा देखि आठवटासम्म कोठाको व्यवस्था छ । कोठामा आफै खाना पकाएर खान चाहनेहरुका लागि भाँडा र इन्धनको सुविधा पनि उपलब्ध गराइने स्थानीय होटल व्यवसायी कृष्ण खडकाले बताउनुभयो । एकवटा कोठामा एक हप्ता बसेवापत सुविधाअनुसार रु। तीनसयदेखि रु। एकहजार तिर्नुपर्छ ।
होम स्टेको सुविधाका कारण तातोपानीमा आउने पर्यटकहरुलाई निकै सुविधा पुगेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्य बताउनुहुन्छ । आन्तरिक पर्यटन प्रवद्र्धन गरी तातोपानी कुण्डलाई प्राकृतिक उपचारस्थलको रुपमा विकास गर्न २० वर्षदेखि साचालन गरिएको होम स्टेको सुविधाले महत्वपूर्ण भूमिका निर्वाह गरेको शाक्यले बताउनुभयो ।
बागलुङ गल्कोटकी शर्मिला शर्माले भने – ‘होम स्टेको व्यवस्था भएका कारण टाढाटाढाबाट आउने बिरामीहरुलाई निकै सुविधा पुगेको छ ।’ स्थानीय होटल व्यवसायी मिलन रोकाका अनुसार पहिलेपहिले तातोपानीमा उपचारका लागि आउनेहरु ओडार र नदी किनारमा छाप्रो बनाएर बस्ने गर्थे ।
जमिनभित्रबाट नुनिलो र गन्धकको गन्ध आउने ५० डिग्री सेन्टिग्रेड भन्दाबढी तातोपानी निस्कने सो कुण्डमा डुबेर ग्यास्ट्रिक हाडजोर्नी डुख्ने घाउ चोटपटक लाग्ोको चर्मरोगलगायत रोगका बिरामीहरु निको हुने गरेका छन् । कुण्ड व्यवस्थापन समितिकी कर्मचारी मेखी खत्रीका अनुसार देशका ७५ वटै जिल्लाबाट दैनिक ५० देखि दुईसय जनासम्म बिरामी उपचारका लागि आउने गरेको खत्रीले बताउनुभयो । गत वर्ष १४ हजार जना बिरामी कुण्डमा उपचारका लागि आएकामा ६० प्रतिशत बिरामी निको भएर फर्केको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।



अन्य समाचारहरु