top menu Home Sitemap Our Team

स्थानीय समाचार

मनाङका महिलाहरुद्वारा राजनीतिक दललाई स्पष्टिकरण माग

पोखराखबर डट कम समाचारदाता
मनाङ, २५ फागुन

हिमालपारिको जिल्ला मनाङका महिलाहरुले पहिलो पटक सदरमुकाम चामेमा आयोजना गरेको कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि कोही उपस्थित नभएपछि स्पष्टीकरण मागेको छ । मनाङमा सक्रिय महिला मानव अधिकार रक्षकहरुको संजाल, अन्तरपार्टर्ीीहिला संजाल र चामे आमा समूहले प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक दलको यस्ता ब्यवहारले देश माथि उठन नसकेको आरोप लगाईएको छ ।

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा राजनीतिक दलका नेताहरु सहभागि नभएपछि उनीहरुले आयोजना गर्ने कार्यक्रममा आमा समूहले पनि भाग नलिने चेतावनी दिएका चामे आमा समूहकी सचिव रिन्जेङ लामाले जानकारी दिनुभयो ।

सदरमुकाम चामेमा पहिलो पटक आयोजना गरिएको महिला संवन्धि कार्यक्रममा आज सयौँ महिलाहरको घुइँचो थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाको अध्यक्षतामा भएको थियो ।
 



अन्य समाचारहरु