top menu Home Sitemap Our Team

राष्ट्रिय समाचार

अपहरणको आरोपमा पक्राउ परेका एमाओवादी कोचिला राज्य समिति सचिवालय सदस्य सहित ११ जनालाई छाड्ने सहमति

पोखराखबर डट कम समाचारदाता
काठमाडौं, २० माघ ।

एमाले संखुवासभाका जिल्ला सदस्य तथा व्यापारी पासाङ शर्ेपाको अपहरणको आरोपमा पक्राउ परेका एकीकृत नेकपा माओवादी कोचिला राज्य समितिका सचिवालय सदस्य सहित ११ जनालाई छाड्ने सहमति भएको छ । माओवादी सुनसरीले पक्राउको विरोधमा प्रदर्शन र आन्दोलनको घोषणा गरेपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया र माओवादी नेताहरुबीच भएको छलफलमा उनीहरुलाई छोड्ने सहमति भएको हो ।

राज्य समिति सचिवालय सदस्य मोहन तिम्सिना सहित ११ जनालाई इटहरी प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये दुइ जनालाई मङ्गलबार नै छोडेको थियो ।

यसैबीच, माओवादी सुनसरीले गर्ने भनेको दुइघन्टे चक्काजामको कार्यक्रम फिर्ता लिएको छ । माओवादी सभासद विश्व थारुले आन्दोलनको कार्यक्रम फिर्ता लिएको जानकारी दिए ।

गत १३ गते अवैध रुपमा सुनसरीको औरावनीस्थित यादव सोलार मिलवाट मल र चिनी लोड गरी इटहरी भित्र्याउँदै गर्दा राजस्व कार्यालय इटहरीले सामान नियन्त्रणमा लिएपछि फरार रहेका धनी शेर्पालाई माओवादीले पक्राउ गरेको थियो ।
 



अन्य समाचारहरु