Investigative, Accurate, News Portal
पूर्वमा छुट्टै जातीय राज्यको माग गर्दै आन्दोलन गरिरहेको खम्बुवान राष्ट्रिय मोर्चाले आफूहरुको मागमा सुनवाई नगरिए गर्नेभनि घोषणा गरेको स-सस्त्र यूद्ध हाललाई स्थगित गरेको छ । रिपोर्टर्स क्लव नेपालको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाका अध्यक्ष आरके खम्बुले आफ्नो संगठन तत्काल स-सस्त्र यूद्धमा जाने योजनामा रहे पनि सरकारले वार्ताबाटै समस्याको हल खोज्न आग्रह गरेकोले तत्काल त्यस्तो योजना स्थगित गरिएको जानकारी दिनु भयो ।
मोर्चाले नेपाल सरकार र संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा नेपालविच गत २०६४ साल फागुण १८ भएको पाँच बुँदे सहमति कार्यान्वयन, राज्य पुर्नसंरचना आयोग गठनगरी भूगोलको पहिचान गर्न खम्बुवान राष्ट्रिय मोर्चाको प्रतिनिधि समावेश गर्नु पर्ने र आईएलओ अभिसन्धी १६९ तत्काल कार्यान्वयन गर्नु पर्ने माग अगाडि सारेको छ ।
हिजो शान्ति मन्त्रीसँग भएको वार्तामा सरकारले वार्ता मार्फत सहमति खेाज्न आग्रह गरेकोले मोर्चा स-सस्त्र यूद्ध स्थगित गर्न सहमत भएको हो । अध्यक्ष खम्बुले आफ्नो मागमा सरकार सकारात्मक नभए मोर्चा स-सस्त्र यूद्धमा जाने घोषणा गर्दै सघर्षको स्वरुप तय भईसकेको जानकारी दिनु भयो ।