top menu Home Sitemap Our Team

खेलकूद

आठौ संस्करणको अन्तरराष्ट्रियस्तरको आहा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि, उद्घाटन खेलमा चौथो पटक सहारा र रुपन्देही भिडदै

पोखराखबर डट कम समाचारदाता
पोखरा, १२ माघ ।

नेपाली फुटबलको उत्कृष्ट प्रतियोगिता मध्येको एक प्रतियोगिता आठौ आहा गोल्डकप २०६६ आजदेखि पर्यटकीय नगरी पोखरामा शुरु हुादैछ । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेशबहादुर थापाले गर्नुहुने भएको छ ।

साहारा क्लब पोखराद्वारा आयोजित सो प्रतियोगितामा विभिन्न १२ क्लबहरुले सहभागिता जनाउने भएका छन् भने प्रतियोगिता आगामी २३ गतेसम्म पोखरा रङ्गशालामा संचालन हुने छ । खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद शहरको रुपमा स्थापित गरौं भन्ने मुल नाराका सञ्चालन हुने यस प्रतियोगितामा यस पटक पुरस्कार र दर्शकहरुलाई सुबिधा थप गरिएको क्लबले जानकारी दिएको छ ।

प्रतियोगितामा नेपाल पुलिस, सशस्त्रको एपिएफ, नेपाल आर्मी, मनाङ मस्याङदी क्लब, एनआरटि, मछिन्द्र फुटबल क्लब, नाईट चेस झापा, रुपन्देहिको एन्फा एकेडेमिको टोली, बंगलादेशको ढाकास्पोर्टीङ क्लब, भारतको गोर्खा युनाईटेड, बेलायतको सहारा फुटबल क्लब, र आयोजक सहारा क्लब गरी १२ टोली बीच प्रतिष्पर्धा हुने भएको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले उपाधि सहित एक लाख ५० हजार दोश्रो हुनेले ७५ हजार रुपैया पाउने छन् भने प्रतियोगितमा सर्वोत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाईकल प्रदान गरिने भएको छ भने सर्वाधिक गोलकर्तालाई १५ हजार सहित ट्रफी प्रदान गरीने भएको छ । यसपाली खेलाडी तथा प्रशिक्षकहरुलाई गरी पाच बिधामा समेत पुरस्कृत गरिने भएकोे छ ।

प्रतियोगितामा हिमचुली विकास बैङक उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाईकर, उत्कृष्ट प्रशिक्षकलाई जनहि दश/दश हजार सहित पुरस्कृत गरिने आयोजक साहारा क्लब पोखराका अध्यक्ष बिक्रम थकालीले जानकारी दिनुभयो ।

प्रतियोगिताको पहिलो दिन उद्घाटन खेल पााचौ, छैठौ र सातौ संस्करणको आहा गोल्डकपमा आमन्ने सामन्ने भएका सहारा र रुपन्देही-११ बीच हुने छ । तेस्रो र चौथो संस्करणको आहा गोल्डकपको तेस्रो चरणको खेलमा सहारा निलो र रुपन्देही ११ भिडेका थिए भने सहारालाई रुपन्देहीले तेस्रो सस्करणमा २१ र चौथोमा ट्राइब्रेकरमा ४२ ले पराजित गरेको थियो । सहारा क्लवले पाचौ, छैठौ र सातौ संस्करणको उद्घाटन खेलमा सहाराले पराजित गरेको थियो । पााचौमा २, छैठौमा २ र सातौ संस्करणमा ३ गोलको अन्तरले आयोजक सहारा क्लवले रुपन्देही ११ लाई पराजित गरेको थियो ।



अन्य समाचारहरु