Investigative, Accurate, News Portal
सहारा एफसी युकेलाई सहरा क्लवले आज पोखरामा स्वागत गरेको छ । स्वागत तथा परिचयात्मक कार्यक्रममा सहारा क्लबका अध्यक्ष बिक्रम थकालीले आहा गोल्डकप फुटबल प्रतियोगितामा सहभागि हुन आएको सहारा एफसी युकेको टोलीलाई खादा तथा मायाको चिनो प्रदान गरी स्वागत गर्नु भएको हो ।
सहारा एकेडेमिको भवन निमार्णको लागि सहरा यूकेका सदस्यहरुले २७ लाख ९२
हजार संकलन गरेर क्लवलाई हस्तान्तर गर्न योजना बनाएको सहारा एफसी युकेका
कोषाध्यक्ष दिलिप गुरुङले बताउनु भयो । सहारा युकेको टोलीले केहि समय
अगाडी दोवीलामा रहेको सहाराको एकेडेमिले भवन सिलन्यास गरेका थिए ।
सहारा एकेडेमिलाई मुर्त रुप दिन आफुहरुले वेलायतमा बिभिन्न संघ सस्थाहरुसंग
रकम संकलन गरी सहारा क्लबलाई निरन्तर सहयोग गर्ने सहारा एफसी युकेका
अध्यक्ष नविन गुरुङले बताउनु भयो ।
गैर आवासिय नेपाली संघका युकेका उपाध्यक्ष कुल आर्चायले सहारा क्लबले
खेलकुदको साथसाथै सामाजिक दाहित्व पनि बहन गरेकोमा खुसि ब्यक्त गर्नुभयो ।
क्लबका अध्यक्ष बिक्रम थकालीको अध्यक्षतामा सम्पन्न भएको कायृक्रममा प्रथम
उपाध्यक्ष बिर भद्र आर्चाय सचिब केसब बहादुर थापा लगायतले बोल्नु भएको
थियो ।
यसै बिच आज बिहान पोखरा रङगशालामा सहारा एफसी युके र गण्डकी मेडिकल
कलेज चरक हस्पिटल बिच भएको मैत्रिपुर्ण फुटबल खेलमा सहारा युकेले चरक
हस्पिटलको टोलीलाई ३-० को गोल अन्तरले पराजीत गरेको छ ।