Investigative, Accurate, News Portal
पाहुना टोली सहारा एफसी युकेले अन्तीम एक मिनेटमा समेलिन नसक्दा पोखरामा जारी आठौ आहा गोल्ड कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । निर्धारीत ९० मिनेटको खेलमा तथा ईन्जुरी समयको ३ मिनट सम्मको समयमा समेत आफ्नो १-० को अग्रता कायम गरेको सहारा एफसीले अन्तीम एक मिनेटमा समेलिन नसक्दा खेल बराबरीमा पुगे पछि काठमाण्डौको न्युरोड टिम एनआरटीसंग ट्राईबेकरको सिकारहुदै ४-२ को गोल अन्तरले पराजय भोग्नु परेको हो । निकै प्रतिष्पर्धामा आज पोखरा रङगशालामा भएको अन्तीम क्वाटर फाइनल खेलमा निर्धारीत समयमा दुबै तर्फ एक एक तथा ३० मिनेटको अतिरिक्त समयमा पनि दुबै तर्फ गोल हुन नसके पछि निणर्ायकको लागि खेल ट्राईबेकरमा धकेलिएको हो । ट्राईबेकरमा सहारा एफसीको तर्फबाट गबास र पिटरले गोल गर्न नसक्दा यसपाली पनि आहा गोल्ड कप फुटबल प्रतियोगिताबाट सहारा एफसी युके बाहिरिनु परेको हो । ट्राईबकरमा एनआरटिको तर्फबाट, जिबन सिन्केमान, उमेश उप्रती, निराजन रायमाझी, र राजेस शाहीले गोल गरेका थिए भने न्ाविन न्यौपाने हानेको बल पोष्ट भन्दा माथिबाट गएको थियो । न्यौपानेले ट्राईबेकरमा पहिलो पेनाल्टी सुट हानेका हुन्। त्यसै गरी सहारा एफसीको तर्फबाट गोपाल थापा र युगेनले गोल गरेका थिए । सहारा यूकेका जर्सि नं ९ का जोर्डन वाट्सनले खेलको ४० औं मिनेटमा गोल गरकेा थिए । तर खेलको ईन्जुरी समयको १ मिनेट बााकी रहादा एनआरटीका जर्सि नम्बर ९ का निराजन रायमाझीले गोल गर्दै खेललाई १/१ को बराबरीमा ल्याएका हुन । पहिलो हाप सहारा एफसी यूकेले एनआरटिलाई आफ्नो दबाबमा पार्न सफल भयो भने दोश्रो हाप तथा अतिरिक्तको समयमा पनि एनआरटिले सहारा एफसिलाई दबाबमा पार्न सफल भए पनि दुबै तफृका टोलीहरुले गोल गर्नै थुप्रै अवसर गुमाएका थिए । अब एनआरटिले सेमिफाईनलको यात्राको लाग नेपाल आर्मीसंग माघ २१ गते प्रतिष्पर्धा गर्ने भएको छ । एनआरटीले पि्र क्वाटरफाइनलमा झापाको नाइटचेस क्लबलाई पराजित गरी क्वाटरफाइनलमा प्रबेश गरेको हो । सहारा युके भने बाई पाएर सिधै क्वाटर फाइनलमा प्रबेश गरेको थियो । सहारा युके यस अघिका संस्करणमा सेमिफाइनल सम्म पुगे पनि त्यहाा भन्दा माथी उक्लन सकेको छैन । सहारा युकेले अग्ला अग्ला ६ जना अपि
|mकी मुलका युकेका खेलाडी सहित ९ जना बिदेशी खेलाडीलाई मैदानमा उतारेको थियो ।
एन आरटीले आजको खेलमा वान टच पास तथा ग्रासबल खेलेको भाए पनि बिपक्षिका
अग्ला खेलाडीहरुले गर्दा पाएका धेरै अवसरहरु गोल हुन सकेन । नेपाल पुलिस क्लबले भोली मनाङ्ग मस्र्याङ्गदीसंग सेमीफाइनलमा प्रतिष्पर्धा गर्ने भएको छ ।
यसैबिच, साग खेलकुदको फुटबलमा नेपाल, दुइ हार संगै बाहिरिएपछि भुटान संगको औपचारिक खेल खेलेर आफ्ना खेलाडीहरु आहा गोल्डकप खेल्नको लागि बिभागिय टोलीले ल्याउन सक्ने बताइएको छ । यसो भएमा पुलिसका जुमानु राई, चेतन घिमिरे, भोला सिलवाल लगायतका खेलाडी आउने छन् भने, नेपाल आर्मीले आफ्ना भरपर्दा गोलरक्षक बिकाश मल्ललाई मैदानमा उतार्ने छ ।