top menu Home Sitemap Our Team

खेलकूद

कबड्डीमा नेपाल पराजित, थप दुइ कास्य

पोखराखबर डट कम समाचारदाता
काठमाडौं, २० माघ ।

दक्षिण एशियाली खेलकुदअन्तर्गत कबड्डीतर्फको खेलमा पाकिस्तानद्वारा नेपाल पराजित भएको छ । बुधबार भएको खेलमा नेपाली टोली ४४-१६ ले पराजित भएको हो । यो पराजयपछि पाँच राष्ट्र सहभागी यो प्रतिष्पर्धामा नेपालले चौथो स्थान प्राप्त गरेको छ । नेपालले यसअघि मङ्गलबारको खेलमा श्रीलङ्कालाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो । श्रीलङ्का पाँचौ स्थानमा पुगेको छ । प्रतियोगितामा तेस्रो र चौथो हुने टोलीलाई कास्य दिने नियमअनुसार नेपालले कास्य पदक पाउने भएको छ ।

बङ्गलादेशमा जारी प्रतियोगिताको हृयान्डबलमा नेपालले सेमिफाइनलको यात्रा पक्का गरेको छ । आयोजक राष्ट्र बङ्गलादेशले बुधबार अफगानिस्तानलाई पराजित गरेपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

हृयाण्डबल रङ्गशालामा भएको खेलमा बङ्गलादेशले अफगानिस्तानलाई ४८-१८ अङ्कले पराजित गर्यो । मङ्गलबार अफगानिस्तानलाई हराएपछि नेपालले लिग चरणको खेलमा सेमिफाइनल प्रवेशको सम्भावना जोगाएको थिथो ।

यसैबीच सुटिङमा नेपालले कास्य पदक जितेको छ । नेपालले १० मिटर एयर राइफलमा तेस्रो स्थान हात पार्दै कास्य जितेको छ । गुल्सन सुटिङ कम्प्लेक्समा भएको खेलमा नेपालका टीकाराम श्रेष्ठ, चानस राइ र कृष्णबहादुर घोरासैनी सहितको जोडी तेस्रो भएको हो ।

यो जितसँगै श्रेष्ठ, व्यक्तिगत स्पर्धामा फाइनलका लागि छनौट भएका छन् । सुटिङमा आयोजक राष्ट्र बङ्गलादेश पहिलो भएको छ भने भारत दोस्रो भयो ।



अन्य समाचारहरु