top menu Home Sitemap Our Team

खेलकूद

नेपाल पुलिसको लगातार तेश्रो जित संगै रनिङ शिल्ड पुलिसको कब्जामा, पुलिसकै गोल रक्षक रितेस थापालाई सर्वोत्कृष्ट एवम उत्कृष्ट गोल रक्षको उपधि सहित यामाहा मोटरसाईकल

दिननाथ बराल
पोखरा, २३ माघ ।

 

यस अघि लगातार दूई पटक आहा गोल्ड कपको उपाधि जितेको नेपाल पुलिसले यसपालीको आठौ संस्करणको गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि सहित हृयाटि्रक पुरा गरी रनिङ शिल्ड कब्जा जमाउन सफल भएको छ । पोखरा रङगशालामा खचाखच दशकहरु माझ आज भएको फाईनल खेलमा नेपाल पुलिसले नेपाल आर्मी माथि शुन्यको बिरुद्ध एक गोल अन्तरले पराजित गरी उपाधि सहित हृयाटिक पुरा गरी एक लाख ५० हजार नगद पाउन सफल भएको छ । २७ औ मिनेटमा निर्णायक गोल गरेका हुन । ९० मिनेटको निर्धारित समयमा दुबै तर्फ गोल रहित खेल बराबरीमा टुङगिएपछि खेल निर्णयको लागि ३० मिनेटको अतिरिक्त सयय तर्फ धकेलिएको थियो । अतिरिक्त सयमको ३ मिनेट बााकी छंदा नविन श्रेष्ठले निकालेको बललाई सदुपयोग गरी जसिं नं १४ का योगेस श्रेष्ठले जाली चुमाउदा गोलको प्रतिक्षामा पर्खी राखेका दर्शकहरु समेत खुसीले हर्र्ष्िर्त देखिन्थे । अन्त्ारले पराजय भोगेको आर्मीले आजको खेलमा पाएका थुप्रै अवसरहरुलाई सदुपयोग गर्न नसक्दा लगातार पुलिससंग दोश्रो हार ब्याहोर्नु पर्‍यो । यसपालि पनि उपबिजेतामा चित्त बुझाएको आर्मीले ७५ हजार साथमा ट्रफि पाएको छ । पुलिसले आजको जितसंगै पांच पटक उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ । मैदानमा उत्रिएका नेपाल आर्मिका विकास मल्लले रोक्न सफल भएपनि उनको टोलिले अघिल्लो वर्ष जस्तै उपविजेता बन्नु परेको छ । आक्रमक खेलेको नेपाल आर्मिले कैयौं पटक पोष्ट प्रहार गर्दा पनि नेपाल पुलिसका अग्रपंक्तिमा रहेका खेलाडीले बचाउ गरेका थिए ।

नेपाल पुलिसका बर्ष खेलाडी तथा राष्ट्रिय स्टार खेलाडी जुमानु राई मैदानमा

आजको खेलको म्यान अफ दि म्याच आर्मिका जर्सि नं ११ सन्तोष नेपाली घोषित भए ।

उत्रिएपनि गोल गर्न सकेनन् । उनलाई ५८ औं मिनेटमा मैदान बाहिर निकालिएको थियो । गत बर्ष प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी पुलिसका गोल रक्षक रितेश थापा घोषित भएका छन् । उनले यामाहा अल्वा मोटरसाईकल प्राप्त गरेका छन् । साथै रितेसले उत्कृष्ट गोल रक्षकको समेत उपाधि समेत आफ्नो पोल्टामा पार्दै नगद १० हजार पाएका छन् । वेष्ट मिडफिल्डर पुलिसका योगेश श्रेष्ठ, वेष्ट डिफेन्डर मनाङ मस्र्याङदीका दीपक भुषाल, वेष्ट कोच आर्मिका राजुकाजि शाक्य घोषित भएका छन् । यस्तै सर्वाधिक गोलकर्ता स्ट्राईकर आर्मिका विकर्ण श्रेष्ठ घोषित भएका छन् । उनले खेल अवधिभर चार गोल गरेका थिए । सबैलाई जनही १०/१० हजार प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि सभासद सुर्यबहादुर केसी, सहारा एफसी युकेका अध्यक्ष नविन गुरुङ, डीआईजी कुवेरसिंङ राना, पोखरा पमहानगरपालिकाका कार्यकारी अधिकृत तिलकप्रसाद पौडेल लगायतले पुरस्कार बितरण गर्नु भएको थियो ।

निकै प्रतिष्पर्धामा आज भएको खेलमा पुलिसका योगेश श्रेष्ठले अतिरिक्त समयको

गत बर्ष पनि आहा गोल्ड कपमा नेपाल पुसिलसंग ५-० को फराकिलो गोल

२०५८ सालमा क्याराभान गोल्डकप, पहिलो आहा गोल्ड कप, छैटौ, सातौं सहित

नेपाल पुलिसका खेलाडीको अधिकांश प्रहारलाई आजै मात्र गोल रक्षकको रुपमा



अन्य समाचारहरु