top menu Home Sitemap Our Team

खेलकूद

आइसीसी-५ को उपाधि नेपाललाई, अमेरिका ५ रनले पराजित

पोखराखबर डट कम समाचारदाता
काठमाडौ १५ फागुन ।

राजधानीमा जारी आइसीसी विश्व क्रिकेट लीग डिभिजन-५ को उपाधी नेपालको पोल्टामा परेको छ । शनिबार नेपालसँग भिडेको अमेरिकालाई २१ बल बाँकी छदैँ महबुब आलमको चौकाको मद्दतले ५ विकेटले पाखा लगाउँदै नेपालले उपाधि उचालेको हो ।

नेपालको जीतको अन्तिम समयमा आलमसँगै ज्ञानेन्द्र मल्ल क्रिजमा रहेको थिए । ओपनिङ ब्याट्सम्यान अनिल मण्डल ३७ र महेश क्षेत्री २८ रनमा आउट भए । यस्तै शक्ति गौचन २३, शरद भेषबाकर ११ र कप्तान पारस खड्का ५ रनमा आउट भए ।

यसअघि नेपाललाई अमेरिकाले १ सय ७३ रनको चुनौति दिएको थियो । अमेरिका ४८ ओभरमा १ सय ७२ रन बनाएर आउट भएको थियो ।

खेलमा नेपालका राहुल विश्वकर्माले ७ विकेट लिए भने विनोद दास र सन्जम रेग्मीले एक-एक विकेट लिएका थिए । खेलको म्यान अफ दी म्याच पनि राहुल नै घोषित भए । राहुलले ८.२ ओभरमा २ मेडनसहित १५ रन खर्चेर ७ विकेट लिएका थिए ।

यसअघि नै नेपाल र अमेरिका दुवै टोली आइसीसी वर्ल्ड क्रिकेट लीग डिभिजन- ४ मा प्रवेश गरेका छन् । आइसीसी विश्व क्रिकेट लीग डिभिजन- ५ अन्तर्गतको यो अन्तिम खेल हो ।
नेपालको विजयीसँगै नेपाली खेलाडी तथा हजारौँको सङ्ख्यामा रहेका दर्शकले खेल भएको क्षेत्र कीर्तिपुरमा विजयोत्सव मनाएका थिए । 
 



अन्य समाचारहरु