Investigative, Accurate, News Portal
नविल बैाक लिमिटेडको ४२ औा शाखा लमजुङ सदरमुकाम बेसीशहरमा स्थापना भएको छ । हालै देखि कारोवार सेवा सुरु गरेको बैाकले हाल एटिएम, रेमिट्यान्स, एविविएस सेवा, डेविट तथा क्रेडिट कार्ड, ईन्टरनेट बैाकिङ, शुईˆट सेवा, डिपोजिट लगायतको सेवाहरु शुुरु गरेको छ ।
बिस्तृत समाचार
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०६६/६७ को एघार महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थितिको विवरण आइतबार सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०६६/६७ को एघार महिनासम्म विस्तृत मुद्राप्रदाय ८ दशमलव २ प्रतिशतले बढेको जनाएको छ । अघिल्लो वर्ष उक्त मुद्राप्रदाय २१.१ प्रतिशतले बढेको थियो ।
बिस्तृत समाचार
जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०६६÷०६७ मा ४ लाख ३२ हजार ३ सय राजश्व संकलन गर्न सफल भएको छ । संकलित राजश्व आर्थिक वर्ष २०६५÷६६ को तुलनामा ६० प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष २०६६÷६७ मा ४ हजार ६ सय ११ सवारी साधनलाई ट्राफिक नियम उल्लंघन गरेकोमा कारबाही गरि उक्त रकम संकलन भएको हो । अघिल्लो आर्थिक वर्षमा ३ लाख ६० हजार मात्रै राजश्व संकलन भएको थियो ।
बिस्तृत समाचार
गत आर्थिक बर्षमा विकास निर्माणका लगायतका योजनामा म्याग्दी जिल्लामा आएको ठुलो रकम फि्रज भएको छ । चालु तर्फको आएको ७३ करोड ७१ लाख ९३ हजार ९ सय ६६ रुपैयाँ मध्य ७० करोड ४८ लाख २८ हजार ४ सय ३८ रुपैयाँ खर्च भएको छ भई तिन करोड तेइस लाख ६५ हजार ५ सय २८ फि्रज भएको छ ।
बिस्तृत समाचार
राष्ट्रिय योजना आयोगले नेपालको गरिबीको दर २५.४ प्रतिशत रहेको दाबी गरेको छ । युएनडिपीका लागि बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययन प्रतिवेदन अनुसार ६५ प्रतिशत नेपाली गरिब रहेको तथ्याङ्क सार्वजनिक गरेपछि आयोगले शुक्रबार सो दाबी गरेको हो ।
बिस्तृत समाचार
चालु आर्थिक वर्ष२०६६/६७ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ५ प्रतिशत हुने अनुमान गरिएको छ । अर्थमन्त्री सुरेन्द्र पाण्डेले व्यवस्थापिका संसदमा आइतबार पेश गरेको आर्थिक सर्वेक्षणमा यस्तो अनुमान गरिएको हो । गत आर्थिक वर्ष आर्थिक वृद्धिदर ४ दशमलव शुन्य प्रतिशत थियो ।
बिस्तृत समाचार
नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी)बीच विस्तृत शान्ति सम्झौता भएपछि शिविरमा राखिएका माओवादीका लडाकुहरूका लागि मासिक भत्ता र भरणपोषण गरी हालसम्म कूल रु. चार अर्ब ६९ करोड ६७ लाख ८४ हजार ८१ निकासा भएको छ ।
बिस्तृत समाचार
राष्ट्र्र बैङ्कका गर्भनर डा. युवराज खतिवडाले तीन वर्षका लागि नोट छाप्ने व्यवस्था गरिसकेकाले रकमको अभाव नहुने बताएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घद्वारा दमौलीमा आयोजना गरेको वित्तीय तरलता तथा कर्जाको बदलिंदो ब्याजदर र व्यवस्थामा परेको प्रभाव विषयक अञ्चलस्तरीय विचार गोष्ठीको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन ।
बिस्तृत समाचार
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो दश महिनाको अवधिमा विस्तृत मुद्राप्रदाय ७.३ प्रतिशतले बढेको जनाएको छ । अघिल्लो वर्ष उक्त मुद्राप्रदाय १७.५ प्रतिशतले बढेको थियो । संकुचित मुद्राप्रदायको अंशमध्ये चलनचल्तीमा रहेको मुद्रा समीक्षा अवधिमा ९.८ प्रतिशतले बढेको छ जुन अघिल्लो वर्षको यसै अवधिमा २३.२ प्रतिशतले बढेको थियो ।
बिस्तृत समाचार
यो आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालले १४ हजार किलो सुन आयात गरेकामा छ हजार किलो आन्तरिक बजारमा खपत भएको छ भने नौ हजार किलो सुन बजारबाट गायब भएको छ । हाल भारतको खुल्ला नीतिले गर्दा विगतजस्तो नेपालबाट सुन भारततर्फ पुनर्निकासी नहुने हुनाले नौ हजार किलो सुन नेपाली घर–घरमा थन्किएको हुनसक्ने अर्थविद्हरूको अनुमान छ ।
बिस्तृत समाचार