top menu Home Sitemap Our Team

खोज समाचार

  • ५५ लाख रुपियाँको वाटो निर्माणमा २० लाख भन्दा वढी अनियमितता भएको उपभोक्ताहरुको आरोप, छानविनका लागि लेखनाथ नगरपालिकाद्वारा अनुसन्धान टोली गठन

    पोखराखबर डट कम समाचारदाता
    लेखनाथ, ३ साउन ।

    लेखनाथ नगरपालिका वडा नं. ९ का वासिन्दाले ५५ लाख रुपैयाको वाटो निर्माण योजनामा व्यापक भ्रष्टाचार भएको भन्दै दबाबस्वरुप छानविनको माग राखेर लेखनाथ नगरपालिकामा धर्ना दिएका छन् । र्‍याले-भानुचौतारा- स्याङखुदी वाटो निर्माण समितिले ५५ लाख रुपैयाको वाटो निर्माण योजनामा २० लाख भन्दा वढी भ्रष्ट्राचार गरेको भन्दै स्थानीयवासिले छानविनका लागि दबाब दिन लेखनाथ नगरपालिकामा धर्ना दिएका हुन् ।

    बिस्तृत समाचार


  • व्यापक भ्रष्ट्राचार भएको भनिएको जिल्ला विकास समिति मुस्ताङको आर्थिक वर्ष २०६७/०६८ को वाषिर्क कार्यक्रम तथा बजेटको पूर्ण पाठ

    पोखराखबर डट कम समाचारदाता
    मुस्ताङ, २ असार ।

    व्यापक भ्रष्ट्राचार भएको भनिएको जिल्ला विकास समिति मुस्ताङको आर्थिक वर्ष २०६७/०६८ को वाषिर्क कार्यक्रम तथा बजेटको पूर्ण पाठ

    बिस्तृत समाचार


  • मुस्ताङका स्थानियविकास अधिकारीद्वारा व्यापक भ्रष्टाचार

    पोखराखबर डट कम समाचारदाता
    मुस्ताङ, २ असार ।

    हिमाली जिल्ला मुस्ताङको बिकास निर्माणको लागि सरकारबाट ०६५ पौषमा जिम्मा लिई आएका स्थानिय बिकास अधिकारीले व्यापक भ्रष्टाचार गरेको खुलासा भएको छ । स्थानिय बिकास अधिकारी मणिकुमार ज्ञवालीले बिकास निर्माण, आयोजना, इन्धन, सवारी मर्मत, भत्ता, कार्यक्रम, उपभोक्ता समिति, ठेकेदार, संस्था लगायतबाट फर्जी बिल बनाई, घुसपैठ गर्दै भ्रष्टाचार गर्ने गरेको खुलासा भएको हो ।

    बिस्तृत समाचार


  • तीन लाख रुपियाँ घुस लिएका मालपोत अधिकृतको मिलेमतोमा अंशसार, सानालाई ऐनः ठूलालाई चैन हुने स्थिति

    ओम हमाल
    पोखरा, २८ असार ।

    जनताको सेवा गर्न सरकारले राष्ट्रको ढुकुटीबाट कर्मचारीहरुलाई तलब, सुविधा दिएको हुन्छ । त्यही तलब र सुविधा लिएका कर्मचारीहरुले देशको ऐन र कानूनको परिधिमा रहेर जनता र राष्ट्रको सेवा गर्छन् । जिल्ला मालपोत कार्यालय चितवनका केही कर्मचारीहरुले त्यस्तो गरेका छैनन् । राष्ट्रको ढुकुटीबाट तलब र सुविधा लिएका जिल्ला मालपोत कार्यालय चितवनका मालपोत अधिकृत प्रकाश श्रेष्ठ र उनका अन्य केही सहयोगीहरुले मोटो रकमको भरमा ऐन र कानून मिचेर कीर्ते कागज बनाई दिदीको जग्गा भाईलाई अंशसार गरिदिएका छन् ।

    बिस्तृत समाचार


  • भ्रष्टाचारको छानविन समिति गठन

    हरिकृष्ण गौतम
    म्याग्दी २६ असार ।

    योजना सञ्चालन हुनु अगाडी पुर्व तयारी तालीम सञ्चालन गर्ने क्रममा जिल्ला प्राविधिक कार्यालयका सव ईञ्जिनियर सञ्जय शाहले आर्थिक अनियमितता गरेको सार्वजनीक भएपछि जिविसले सो घटनाबारे अनुसन्धान गर्न छानवीन गर्न टोली गठन गरेको छ ।

    बिस्तृत समाचार


  • १९ लाख रुपैया हिनाबिना भएको समितिको ठहर

    दीपक गौतम
    बागलुङ, २३ असार ।

    धौलागिरि अञ्चल जिप व्यवसायी समिति बागलुङमा आर्थिक अनियमितताका बिषयमा छानबिन गर्न गठित समितिले करिव १९ लाख रुपैया अनियमितता भएको ठहर सहितको प्रतिबेदन समितिलाई बुझाएको छ । समितिको पााचौ साधरणसभामा कोषाध्यक्ष दिनेश बोहराले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन पारित नभएपछि गठन गरिएको ५ सदस्यीय छानबिन समितिले १९ लाख रुपैया दुरुपयोग भएको ठहर सहितको प्रतिबेदन सञ्चालक समितिका सचिव विष्णुप्रसाद शर्मालाई बुझाएको हो ।

    बिस्तृत समाचार


  • जिल्ला प्राविधिक कार्यालय म्याग्दीका इन्जिनीयर शाहद्वारा पुर्व तयारी तालिममा व्यापक हिनामिना

    हरिकृष्ण गौतम
    म्याग्दी २४ असार ।

    जिल्ला प्राविधिक कार्यालय म्याग्दीका सव इन्जिनियर सञ्जय शाहले तीन छुट्टा छुट्टै गाविसमा संचालन हुने तीनवटा खानेपानी आयोजनामा योजना निर्माण हुदा उपभोक्तालाई दिइने पुर्व तयारी तालिममा व्यापक भ्रष्टाचार गरेको खुलासा भएको छ ।

    बिस्तृत समाचार


  • चरणखर्कमा कम मात्रामा घाासको उत्पादन हुन थालेपछि पशुपालन कृषकहरू चिन्तित

    हरिकृष्ण गौतम
    म्याग्दी १४ असार ।

    पछिल्लो समय म्याग्दीका विभिन्न गाविसमा रहेका चरणखर्कमा कम मात्रामा घाासको उत्पादन हुन थालेपछि पशुपालन कृषकहरू चिन्तित हुन थालेका छन् । जिल्लाको नारच्याङ,शिख,पाउद्धार,दोवा,बेगखोला, लगाएतका गाविसका कृषकहरूले पछिल्ला बर्षहरुमा ढिलो बषर्ा हुने,कम मात्रामा हिउा पर्ने, चरणक्षेत्रमा आगलागीका साथै मानविय लापवार्हीका पशुपालनमा निर्भर कृषकहरूले समस्यामा परेको बताएका छन् ।

    बिस्तृत समाचार


  • लमजुङमा अझै ४३ प्रतिशतले व्यवस्थित चर्पी प्रयोग गर्दैनन्, सात प्रतिशत जनता खानेपानीबाट वञ्चित

    रामजी राना
    लमजुङ ३१ बैसाख ।

    लमजुङमा अझै ४३ प्रतिशत जनताको घरमा व्यवस्थ्िात शौचालय छैन भने ७ प्रतिशत जनता खानेपानीबाट वञ्चित हुदै आएका छन् । खानेपानी तथा सरसफाइ समन्वय समितिका अनुसार आर्थिक वर्ष २०६५/६६ मा भोटेओडार, धमिलिकुवा लगायतका गाविसमा सञ्चालित खानेपानी तथा सरसफाइ कार्यक्रम पश्चात लमजुङमा व्यवस्थित खानेपानीबाट ३४ हजार एक सय ६८ घरधुरी अर्थात् ९३ दशमलब ७५ प्रतिशत जनता लाभान्वित भएका छन् ।

    बिस्तृत समाचार


  • युथ भिजन भैरहवाको पुनर्स्थापना केन्द्रमा आर्थिक अनियमितता

    शेरबहादुर केसी
    बुटवल, २८ बैशाख।

    दुर्ब्यसनीहरुलाई उपचार गर्ने गैरसरकारी संस्था युथ भिजन भैरहवाको पुनर्स्थापना केन्द्रमा आर्थिक अनियमितता भएको खुलासा भएको छ। पुनर्स्थापना केन्द्रका कार्यक्रम संयोजक राजिव केसी र सोही संस्थाले चलाएको अर्को कार्यक्रम ईटीसीका परामर्शदाता अर्जुन राजवाहकको मिलोमतोमा व्यापक रुपमा आर्थिक अनियमितता गरेको पुनर्स्थापना केन्द्रबाट राजीनामा दिएका परामर्शकर्ता सुनिल जीसीले यस्तो खुलासा गरेका हुन्

    बिस्तृत समाचार