top menu Home Sitemap Our Team

राष्ट्रिय समाचार

  • माओवादीले विरोध गर्ने देखेपछि संसद बैठक स्थगित

    पोखराखबर डट कम समाचारदाता
    काठमाडौ, २४ भदौ ।

    आज बस्ने भनिएको संसद बैठक स्थगित भएको छ। अब अर्को बैठक भदौ २८ गते बस्ने भएको छ। संसद सचिवालयले उक्त जानकारी सूचना टाँस गरेर दिएको हो। सरकारले बैठकमा विधेयक ल्याउने योजना बनाएको थियो।

    बिस्तृत समाचार


  • काठमाडौंबाट हराएका इन्जिनियर नारायणगढमा फेला परे

    पोखराखबर डट कम समाचारदाता
    चितवन, २४ भदौ ।

    काठमाडौंको बगलामुखीबाट हराएका इन्जिनियर महेन्द्रप्रसाद चुडाल चितवन नारायणगढको नारायणी पुलमा फेला परेका छन्। वडा प्रहरी कार्यालय नारायणगढले दिएको जानकारी अनुसार, गएराति दुई बजे उनी पुलको बीचमा भेटिएका हुन्। फेला पर्दा उनी अर्ध चेत अवस्थामा थिए।

    बिस्तृत समाचार


  • पोखराकी रेग्मी हिरासतभित्रै सुत्केरी

    पोखराखबर डट कम समाचारदाता
    काठमाडौ, २४ भदौ ।

    पोखराकी एक महिला झापाको इलाका प्रहरी कार्यालय, दमकमा सुत्केरी भएकी छिन् । पोखराका दुर्गा रेग्मी हिरासतभित्रै सुत्केरी भएकी हुन् । उनी मानव बेचबिखन सम्बन्धी अभियोगमा हिरासतमा रहेकी हुन् । उनका श्रीमान् विनोद भोटियासमेत सोही अभियोगमा हिरासतमा रहेका छन् ।

    बिस्तृत समाचार


  • अन्तिम समयमा एमाले पोलिटब्यूरो बैठक स्थगित

    पोखराखबर डट कम समाचारदाता
    काठमाडौ, २४ भदौ ।

    बिहीबार बस्ने भनिएको नेकपा एमालेको पोलिटब्युरो बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय बल्खुमा प्रधानमन्त्री चुनावको समिक्षा र भावी योजना तय गर्नका लागि बस्ने भनिएको बैठक नेताहरूको कार्यव्यस्तताका कारण स्थगित भएको जनाइएको छ ।

    बिस्तृत समाचार


  • फोरम सभासद राईको घरमा बम विष्फोट

    पोखराखबर डट कम समाचारदाता
    काठमाडौँ, २३ भदौ ।

    अज्ञात समूहले बुधबार विहान बाँकेस्थित मधेसी जनअधिकार फोरमका सभासद मोहम्मद इस्तियाक राईको घरमा बम विष्फोट गराएको छ । घरका सबै सदस्य सुतिरहेको बेला ठूलो आवाजका साथ बम विष्फोट भएको थियो । बाँकेको जयसपुर ६ स्थित दुई तले पक्कि घरमा विस्फोट हुदाँ भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    बिस्तृत समाचार


  • बन्दका गरको कारण पुर्वका ९ जिल्लाको जनजिवन प्रभावित

    पोखराखबर डट कम समाचारदाता
    काठमाडौँ, २३ भदौ ।

    लिम्बूवान राज्य परिषदले विभिन्न बुदागत रुपमा माग राख्दै पुर्वका ९ जिल्लामा बन्दका गरको कारण आज ताप्लेजुङ र पाँचथर लगायतका ९ जिल्लाको जनजिवन प्रभावित बनेको छ। दैनिक उपभोग्य वस्तुमा भैरहेको मुल्य वृद्वी नियन्त्रण हुनुपर्ने चैत मसान्त सम्ममा नयाँ संविधान जारी हुनुपर्ने, प्रधानमन्त्री चयनका विषयमा देखिएको राजनैतिक गतिरोध अन्त्य हुनुपर्ने लगायतका मुद्वामा सरकारलाई दवाव दिन संघीय लिम्बूवान राज्य परिषदले आज पुर्वका ९ जिल्लामा बन्दको आह्वान गरेको हो। बन्दका कारण आज विहानैदेखि ताप्लेजुङ सहित पाँचथर र इलाम लगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ।

    बिस्तृत समाचार


  • युनिटी प्रमुख काशिरामका मुख्य सहयोगी पक्राउ

    पोखराखबर डट कम समाचारदाता
    काठमाडौँ, २२ भदौ ।

    युनिटीका इन्टरनेशनलका प्रमुख काशिराम गुरुङको प्रमुख सहयोगी घनश्याम बस्ताकोटी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरले मंगलबार उनलाई स्युचाटारबाट पक्राउ गरेको हो। अनुसन्धानको क्रममा घनश्याम काशिरामको प्रमुख सहयोगी देखिएपछि उनलाई पक्राउ गरिएको परिसर प्रमुख विक्रम थापाले बताए। थापाका अनुसार घनश्याम मार्फत गुरुङले जग्गाको कारोवार गर्ने गरेको खुलेको छ।

    बिस्तृत समाचार


  • लुटपाटमा संलग्न माओवादी लडाकुका २ सेक्सन कमाण्डर पक्राउ

    पोखराखबर डट कम समाचारदाता
    काठमाडौँ, २२ भदौ ।

    नवलपरासीमा दुई माओबादी लडाकुलाई प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । प्रहरीले लडाकुलाई हतियार र ग्रीनेटसहित पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरीले मंगलवार पत्रकार सम्मेलन गरी माओवादी चौथो डिभिजन हेडक्वाटर झ्यालटुँग डाँडामा कार्यरत रमेश भन्ने राजु बस्याल र अर्पना भन्ने बिन्दु पुन मगरलाई सार्वजनिक गरेको हो ।

    बिस्तृत समाचार


  • पहिरोमा पुरिएर बाबुछोराको मृत्यु

    पोखराखबर डट कम समाचारदाता
    काठमाडौँ, २२ भदौ ।

    काभ्रेको ज्याम्दीमा पहिरोले पुरेर बाबुछोराको मृत्यु भएको छ । ज्याम्दी-५ का ३० वर्षीय काजीराम परियार र उनका ६ वर्षीय छोरा सुमनको मृत्यु भएको हो भने श्रीमती शान्ति घाइते भएकी छन् ।

    बिस्तृत समाचार


  • जुसमा लेउ भेटिएकाले कारबाहीको माग गर्दै उजुरी दायर

    पोखराखबर डट कम समाचारदाता
    काठमाडौँ, २१ भदौ ।

    राजधानीको चावहिलमा अस्ति फेरी डाबर नेपालको उत्पादन रियल जुसमा लेऊ भेटिएपछि आज उपभोक्ता हित संरक्षण मञ्च जिल्ला कार्य समिति काठमाडौँले कारबाहीको माग गर्दै वाणिज्य विभाग काठमाडौँका निरिक्षण अधिकृत समक्ष उजुरी दायर गरेको छ ।

    बिस्तृत समाचार